टिकापुरमा ५५ करोडको खानेपानी आयोजनाको उद्घाटन, ८ हजार घरधुरी लाभान्वित

30 Hits

कैलाली, १२ जेठ ।

खानेपानी मन्त्री  बिना मगरले कैलाली जिल्ला स्थित टीकापुर खानेपानी आयोजनाको आइतबार उद्घाटन गर्नुभएको छ ।

 
एसियाली विकास बैंकको त्रृण सहयोगमा संचालित कूल ५५ करोड ९२ हजार लागतको उक्त आयोजनाको खानेपानी मन्त्री मगरले उद्घाटन गर्नु भएको हो । 


खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत तेस्रो साना सहरी खानेपानी तथा सरसफाइ आयोजना कार्यालयले सो आयोजना अगाडि बढाएको हो । टीकापुर  खानेपानी आयोजनाबाट ५५ हजार ७ सय ५० जनसंख्या  लाभान्वित हुनेछन् भने ८ हजार ४ सय १३ घरधुरीले खानेपानी प्रयोग गर्नेछन् । उक्त आयोजनाको काम निर्धारित समय २ वर्ष भित्रै सम्पन्न भएको हो । 


आयोजनाको उद्घाटन गर्दै खानेपानी मन्त्री मगरले टीकपुरजस्तै देश भरका अन्य नगरपालिका र गाउँपालिकाहरुमा समेत खानेपानी आपूर्ति गर्न मन्त्रालयले गुरुयोजना बनाउन लागेको बताउनुभयो । उहाँले शत प्रतिशत जनसंख्यालाई आधारभूत स्तरको खानेपानी सेवा पुर्याउन सरकार गम्भीर रहेकोे स्पष्ट पार्नु भयो । 


जनतालाई प्रशोधित स्वच्छ खानेपानीको सेवा पुर्याउने र ढल व्यवस्थापन गर्ने योजनामा मन्त्रालय प्रतिबद्ध रहेको मन्त्री मगरको भनाइ छ ।  विभागका महानिर्देशक सुनिलकुमार दासले आधारभूत खानेपानीको पहुँच पु-याउने कार्यमा उपभोक्ता समितिहरु संग सधैं सहकार्य गर्न विभाग तयार रहेको बताउनुभयो । 

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी