दुई परिवारका नौ जनाको सामुहिक हत्या, तालीमप्राप्त कुकुरद्वारा अनुसन्धान जारी

53 Hits

पाँचथर, ७ जेठ ।

पाँचथरमा ९ जनाको विभत्स हत्या भएको छ । जिल्लाको मिक्लाजुङ गाउँपालिका ३, आरुबोटे भन्ने स्थानमा गएराति दुई परिवारका ९ जनाको धारिलो हतियार प्रयोग गरी हत्या भएको हो । १ बालिका घाइते छिन् ।

हत्या गरिएकामा ४१ वर्षीय धनराज शेर्मा, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा र १२ वर्षीया आशिका खजुम लिम्बू छन् ।
त्यसैगरी, फियाक परिवारका ७४ वर्षीय वमबहादुर फियाक, उनकी श्रीमती तथा ३६ वर्षीया जस्मिता फियाक र २६ वर्षीया मनकुमारी फियाकको पनि हत्या भएको छ ।

शेर्मा र फियाक नाताले ज्वाइँ–ससुरा हुन् । उनीहरुको घर २ किलोमिटर वरपर छ ।घटनामा १२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । उनी गम्भीर घाइते छिन् । प्रहरीका अनुसार, उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।

मध्यराति घटना भए पनि स्थानीयवासीले बिहान मात्रै थाहा पाएका थिए ।घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलतर्फ लागेको थियो । घटनास्थल मिक्लाजुङ पाँचथर सदरमुकाम फिदिमबाट ६५ किलोमिटर दक्षिण पर्छ । आरुबोटे विकट र त्यहाँ जाने बाटो कच्ची भएकाले घटनास्थल पुग्न केही समय लाग्ने बताइएको छ ।

घटनाको जानकारी पाएलगतै अनुसन्धानका लागि संघीय प्रहरी कार्यालय, धरानका एसएसपी शरद खत्रीको नेतृत्वमा तालिमप्राप्त कुकुरसहितको टोली खटिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरका प्रवक्ता डिएसपी सिद्धराज न्यौपानेले जानकारी दिए ।

प्रहरीेले घटना संलग्नलाई पक्राउ गर्न विशेष सतर्ककता अपनाएको छ । डीएसपी न्यौपानेका अनुसार घटना संलग्नहरु भाग्न सक्ने सम्भावित नाकाहरुमा चेकिङ बढाएको छ ।

Loading...

Related News

काठमाडौंमा युवतीमाथि ‘सिरिन्ज’ आक्रमण

काठमाडौं- पछिल्लो डेढ महिनामा काठमाडौंको डल्लु क्षेत्रमा चार युवतीमाथि ‘सिरिन्ज’ आक्रमण भएको छ । एउटा घटना डेढ महिनाअघि भए पनि पछिल्ला…

मरेको भन्दै खाल्डामा पुर्न लागेका शिशु सास फेरेपछि अस्पताल फिर्ता, हजुरआमा पक्राउ

चितवन, २३ वैशाख । एक शिशुको मृत्यु भएको भनी दाहसंस्कार गर्न देवघाट लगेर पुर्नका लागि खाल्डोमा राख्दा श्वासप्रश्वास गरेको देखेर…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी