पार्टीलाई हराउन लागेकाहरू नै मेरा विरूद्व लागे – देउवा

48 Hits

काठमाडौं , ४ जेठ-
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई निर्वाचनमा हराउनेहरु आफूविरुद्ध उभिएको दावी गर्नु भएको छ ।

सभापति देउवाले निर्वाचनमा पार्टीलाई हराउनेहरु पार्टी भित्र बलशाली भएकाले पार्टी संकटमा फसेको तर्क पनि गर्नु भयो ।

उहाँले आफूमाथि आरोप लगाउन छोडेर आगामी निर्वाचनमा पार्टीलाई जिताउने गरी काममा जुटन पनि पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिनु भयो ।

शुक्रबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको ११ औं राष्ट्रिय महाधिवेशनमा बोल्दै सभापति देउवाले निर्वाचनमा पार्टीलाई हराउने अन्तरघातीहरुलाई कार्वाही गर्न समेत आफूले पार्टीका नेताहरुबाट सहयोग नपाएको गुनासो पनि गर्नु भयो ।

दुइ कम्युनिष्ट पार्टी मिल्दा पार्टीले हारेको दोहोयाउँदै सभापति देउवाले सो हारको दोषी आफुलाई मात्रै लाउने गरेकोमा आपत्ति पनि जनाउनु भयो । मंचमै रहेका नेता कृष्णप्रसाद सिटौलालाई सभापति देउवाले पुष्पकमल दाहाललाई मिलाउनका लागि निर्वाचनका बेला वार्ताका पठाएको तर मिलाउन नसकेको पनि स्मरण गराउनु भयो ।

उहाँले आफूलाई मात्रै आरोप लगाएर पार्टीका नेताहरुले गैर प्रजातान्त्रिक गतिविधि गरिरहेको आरोप पनि लगाउनु भयो ।

कार्यक्रममा बोल्दै काँग्रेस नेता सिटौलाले पार्टीलाई आन्तरिक कलहबाट मुक्त गराउन सभापति देउवासँग माग गर्नु भयो । उहाँले पार्टी कमजोर हुनुको जिम्मेवारी पार्टी नेतृत्वको लिनुपर्ने पनि बताउनु भयो ।

नेता सिटौलाले पार्टी भित्र गुट हुनु स्वभाविकै भए पनि कलह चाँही हुनै नहुने पनि स्पष्ट पार्नु भयो ।

Loading...

Related News

सरकारसँग डराएर सभामुखले बैठक रोके – देउवा

काठमाडौं, ३० असार । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले साउन ८ गतेसम्म प्रतिनिधिसभा बैठक स्थगित गरिएकोमा आपत्ति जनाएको छ ।…

नेपाली कांग्रेसले दियो सरकार र विप्लवलाई यस्ता सुझाव

काठमाडौं, २६ असार । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सरकार र विद्रोही मार्गमा लागेको नेत्र विक्रम चन्द विप्लव समुहलाई गम्भीर…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का