चिसंखुगढी बन्यो आवधिक योजना निर्माण गर्ने ओखलढुंगाको पहिलोे स्थानिय तह

366 Hits

काठमाडौ २ जेष्ठ
ओखलढुंगा चिसंखुगढी गाउँपालिका आबाधिक बिकास योजना तर्जुमा गर्ने पहिलो स्थानिय तह बन्न सफल भएको छ । चिसंखुगढी गाउँपालिकाले काठमाडौंमा सुझाब संकलन तथा अन्तक्रिया कार्यक्रम आयोजना गरेको थियो ।

गाउँ पालिकाका अध्यक्ष निशान्त शर्माले सभापतित्व गर्नु भएको कार्यक्रमको संचालन वार्ड न १ का अध्यक्ष उसक कट्वाले गर्नुभएको थियो भने स्वागत मन्तब्य चिसंखुगडी गा.पा.कि उपध्यक्ष सुस्मिका राईले गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि ओखलढुंगा प्रदेशका माननिय सदस्य अम्बिर बाबू गुरुङ हुनुहुन्थ्यो अन्य विशेष अतिथि हरूमा पुर्वसभासद बालकृष्ण ढुंगेल ,केसब राई, हर्कबोल राई ,सकुन्तला राजभण्डारी ,नेपाल सरकारका संघिय मामिला तथा स्थानिय बिकास मन्त्रालयका सचिव यादव कोईराला हनुहुन्थो ।

त्यसैगरी अतिथि हरुमा नेकपा ओखलढुंगाका नेता रामकुमार कार्की, नेपाली कांग्रेसले ओखलढुंगाका नेता पृथ्वी बहादुर कार्की,नेपाल सरकारका उपसचिव धन कुमार श्रेष्ठ र कुईभिर सेवा समाजका अध्यक्ष गजेन्द्र फुयाल लगाएत हनुहुन्थ्यो ।

कार्यक्रममा प्रमुख अतिथि अम्बिरबाबु गुरुङले चिसंखुगढी समग्र बिकासमा आफु निरन्तर लाग्ने, प्रदेशको क को पुरै भुगोल समेटेर चक्रपथ निर्माण गर्ने रूम्जाटार–बेलबोटे–खानिभन्ज्याँग सडक स्तरउन्नति तथा कालोपत्रे बनाउन आफु लागिपरेको साथै चिसंखुगढीमा खानेपानीको समस्या समाधान गर्न सबैभन्दा बढी जोड गरेको बताउनुभयो ।

सामान्य निबेदनले प्रदेश र संघले बजेट लगाउदैन बजेट लगाउन आयोजनाको बिस्तृत डि.पि.आर.सहित निबेदन चाहिन्छ । बिकासको लागि योजना तर्जुमा महत्त्वपूर्ण कुरा हो चिसंखुगढीले आबधिक योजना निर्माण गरेकोमा बधाई दिदै आफुले हरेक आयोजनाको डिपिआर खोजेको त्यो प्राप्त भएकोमा खुशी ब्यक्त गर्दै यसरी डिपिआर बनी आएको योजनाहरू पुरा गर्न आफु लागि पर्ने तर समन्वयको आबस्यकता पर्ने हुन्छ चिसंखुगढी गापाले समन्वयको लागि ध्यान नदिएको गुनासो पनि गर्नुभयो ।

कार्यक्रमका विषेश अतिथि पुर्व सभासद बालकृष्ण ढुंगेलले विकासमा अत्यन्तै पछाडि परेको ओखलढुंगा जिल्ला लाई ढाकार मुक्त जिल्ला बनाउन आफ्नो कार्यकालमा जोडदार पहल गरी सडक संजालको बिकास गरेको तर त्यही सडकको प्रयोग गरि मानिसहरू सन्दुस बोकी बसाइँ हिडेको देखेर दुख लागेको बताउनुभयो ।

अब आफुले सहरबाट बिष्कुट आउने गाडीमा ईस्कुस फर्केको, झारमुक्त बारी, बिषमुक्त खानाको भान्सा भएको र रोगमुक्त जिबन भएको हेर्न चाहेको बताउनुभयो । बिकासको दाम्लो सडक हो । मोलंग, लिखु र दुधक‍ोशी एक्वार बन्नु पर्छ । कोटगडी महोत्सब गर्नुपर्छ ।

ढुंगेलले जिल्लामा कम्तीमा एक हप्ताको पर्यटनको प्याकेज बनाउनुपर्छ भन्नुभयो । त्यसैगरि अर्का विषेश अतिथि नेपाल सरकार संघिय मामिला तथा स्थानीय बिकास मन्त्रालय सचिव यादब कोईरालाले आफुजन्मे हुर्केको गापाले आवधिक योजना तर्जुमा सुझावको लागि आफुलाई निमन्त्रणा गरिएकोमा खुशी ब्यक्त गर्दै मुलुकमा १५ औं आवधिक योजना कार्यन्वयनको चरणमा रहेको बखत चिसंखुगढी ले प्रथम आवधिक य‍ोजना बनाईरहेकोमा आफूले आफ्नो स्थानबाट सकेको प्रयत्न गर्ने सुझाव र शुभकामना प्रदान गर्नुभयो ।

यस कार्यक्रमको तयारी हेल्पटास नेपालले गरेको थियो । कार्यक्रम बि के महर्जनले गर्नु भएको थियो । कार्यक्रममा युवा तथा राष्ट्रिय कलाकार मनिषले पुर्व माननिय केसब राईले लेखेको चिसंखुगढी समग्र बिकास सम्बन्धि आफ्नै शब्द र रचना रहेको आऊ युवा हो भन्ने गित गाएका थिए ।

विभिन्न समुहमा बिभाजन गरि सामुहिक छलफलबाट सुझाव संकलन गरिएको थियो । कार्यक्रममा अन्य विषेश अतिथिहरू पुर्व सभासद केशव राईले कृषिउत्पादन बाट समृद्धि खोज्नुपर्ने त्यसको लागि आवश्यक भौतिक पुर्वाधार सहित वातावरण निर्माण गर्न आवधिक योजना तर्जुमा सफल होस् भन्ने सुझाब दिनुभयो ।

अर्का पुर्व सभासद सकुन्तला राजभण्डारी, त्यसैगरि अर्का विषेश अतिथि पुर्व सभासद हर्कबोल राईले आवधिक योजना तर्जुमा हुनु महत्त्वपूर्ण कुरा भएको र योजना बन्नु नै आधा काम सम्पन्न हनु हो भन्दै राम्रो र वस्तुगत योजना बनोस् भनि शुभकामना दिनुभयो ।

कार्यक्रममा अतिथि नेकपा ओखलढुंगाका नेता राम कुमार कार्कीले आबाधिक योजना तर्जुमा ३ चरण गाउँपालिकामा नै सम्पन्न गरि बिबिध कारणले काठमाडौ आई पेशा ब्यवसाय गरिबसेका गाउँपालिका बासिन्दाहरूसग सुझाब लिन काठमाडौं मा गोष्ठी गरेकोमा धन्यवाद दिनुहुदै खानेपानी ,सडक, बिजुली, संचार, स्वास्थ, शिक्षा, पर्यटन, तामाखानि उत्खनन र कृषि लगायतका बिषयमा महत्त्वपूर्ण योजना पेश गर्नुका साथै आवधिक योजनाले देश बिदेशमा पलायन भएका युवहरूलाई गाउँमा नै आएर उत्पादनमा लाग्न प्रेरणा मिल्नेगरि आवधिक योजना बनाउन र नमुना योग्य काम गर्न सुझाव दिनु भएको थियो ।

कार्यक्रमका अर्का अतिथि नेपाली कंग्रेस ओखलढुंगाका नेता पृथ्वी बहादुर कार्कीले यो आवधिक योजना तर्जुमाले चिसंखुगढी समृद्धिको दिशातर्फ अगाडि बढ्ने आशा ब्यक्त गर्दै शुभकामना दिनुभयो, त्यसैगरि कुइभिर सेवा समाजका अध्यक्ष गजेन्द्र फुयालले चिसंखुगढी गाउँपालिकाले काठमाडौंमा रहेका आफ्ना बासिन्दाबाट समेत आवधिक योजना तर्जुमा सुझाव लिन गोष्ठी आयोजना गरेकोमा धन्यवाद दिनु हुदै समृद्धि चिसंखुगढीको खाका कोरियोस भन्ने शुभकामना दिनुभयो ।

त्यस अबसरमा चिसंखुगढी गाउँपालिका अध्यक्षले बिभिन्न सुचांकका आधारमा आवधिक योजना बनाउनु पर्ने बताउनु हुदै चुनाबी घोषणापत्रलाई पनि आधर मानेर आवधिक योजना निर्माण गरिने र यसले गाउँपालिका समृद्धिको दिशामा अघि बढ्ने बताउनु भयो ।

Loading...

Related News

डिजिटल नेपाल अभियान : अाजबाट अप्टिकल फाइबर विच्छाईँदै

काठमाडौँ, ६ जेठ । देशभरका हरेक जिल्लासहित स्थानीय तहसम्म ‘नेटवर्क ब्याकबोन’ तयार गर्ने लक्ष्यकासाथ सोमबारबाट अप्टिकल फाइबर बिछ्याइँदैछ ।  सरकारी…

शुरू भयाे एकल विन्दुु सेवा, अब लगानीकर्ता झ्यालबाट हैन ढाेकाबाट अाउँछन् – मन्त्री यादव

काठमाडौं, २ जेठ – लगानीकर्तालाई अाकर्षित गर्न सरकारले एकल बिन्दु सेवा शुरू गरेकाे छ । केन्द्र शुरु भएसँगै लगानीको झन्झटिलो प्रक्रियाको…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी