संयोजक र सह संयोजक राख्नेगरी टुंगियो जवसको एकीकरण( नामावलीसहित)

74 Hits

काठमाडौं, २ जेठ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जनवर्गीय संगठनको भागवण्डा टुंगिएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा विहिबार साँझ सम्पन्न नेकपाको सचिवालय बैठकले सबै जनवर्गीय संगठनको संयोजक र सहसंयोजकको जिम्मेवारी टुंग्याएको हो ।

बैठकले अनेरास्ववियूको संयोजकमा पूर्व एमालेबाट ऐन महर, सहसंयोजकमा पूर्व माओवादीबाट रञ्जित तामाङ वा सुरेन्द्र बस्नेत (तामाङले नमानेमा), युवाको संयोजकमा पूर्व माओवादीबाट रामप्रसाद सापकोटा दीपशीखा र सहसंयोजकमा पूर्व एमालेबाट रमेश पौडेल वा किरण (रमेशले नमानेमा), महिलाको संयोजकमा पूर्वमाओवादीबाट अमृता थापामगर र सहसंयोजकमा पूर्व एमालेबाट सीता पौडेलको टुंगो लागेको छ ।

त्यस्तै पत्रकारको संयोजकमा पूर्व माओवादीबाट महेश्वर दाहाल र सहसंयोजकमा पूर्व एमालेबाट गणेश बस्नेत, वुद्धिजीवीको संयोजकमा पूर्व एमालेबाट डा दिनेशचन्द्र देवकोटा र सहसंयोजकमा पूर्व माओवादीबाट कृष्ण केसी र मजदुरको संयोजकमा पूर्व एमालेबाट विनोद श्रेष्ठ र सहसंयोजकमा जगत सिंखडा चयन भएका छन् ।

बैठकले गरेका निर्णय भोली सार्वजनिक गर्ने तयारी गरिएको छ । एकता प्रकृयाका सबैजसो विषयमा सहमतिका साथ निर्णय भएको एक सचिवालय सदस्यले बताए ।

पार्टीको जिल्ला कमिटि र पोलिटव्युरो टुंग्याउन वर्षैं लगाएको नेकपाले जवसको एकीकरणबारे भने तुलनात्मक रुपमा छिटो निर्णय लिएको छ । तर निर्णय प्रक्रियामा फरक फरक मापदण्ड बनाइएको भन्दै आलोचना पनि शुरु भएको छ ।

यस अघि जिल्ला कमिटिमा अध्यक्ष र सचिवको मापदण्ड बनाई कार्यविभाजन गरिएको भए पनि गैर भौगोलिक जवसका कमिटिमा भने संयोजक र सह संयोजकको रुपमा जिम्मेवारी दिइए पछि आलोचना भएको हो ।

Loading...

Related News

एकताको काम सकियो, खाली ठाउँ भर्नमात्रै बाँकी छ – प्रचण्ड

काठमाडौं, ३१ असार । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले पार्टी एकताको काम सकिएको र केही…

खबरदार ! हामी अरुका कारणले होइन हाम्रै कमजोरीले सिध्दिने हो– प्रचण्ड

काठमाडौं, ३१ असार । नेकपाका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री प्ष्पकमल दाहाल प्रचण्डले अरुका कारण नभई आफ्नै कमजोरीका कारण नै कम्युनिष्टहरु…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का