मिडिया काउन्सिल ऐनविरुद्ध कडा आन्दोलनमा महासंंघ

27 Hits

काठमाडाैं, २ जेठ –

सरकारले संंसदमा दर्ता गरेको मिडिया काउन्सिल ऐनमा प्रेस स्वतन्त्रता विरुद्धका केही प्रावधान भएको भन्दै उक्त ऐन फिर्ता वा संशोधनको माग गर्दै एक हप्ता देखी आन्दोलनरत नेपाल पत्रकार महासंघले भोली संसद भवन अगाडी प्रदर्शन गर्ने भएको छ ।


संसद भवन रहेको बानेश्वर चोकमा भोलि दिउँसो १२ बजे महासंघले विरोध प्रदर्शन गर्ने भएको हो । आाफ्ना सदस्यहरुलाई उक्त विरोध प्रदर्शनमा आफ्ना संंचाार उपकरण सहित उपस्थित हुनलाई महासंंघले आग्रह गरेको छ ।

सरोकारवाला निकाय संग छलफल नै नगरी ल्याइएको ऐनमा पत्रकारहरुले गलत सामचार लेखेको भनि कसैले उजुरी हालेमासम्बन्धित निकायले २५,००० देखी १,००,०००। सम्म जरिवाना हुने वा जरिवाना संगसंंगै जेल सजाय हुने प्रावधान रहेको छ ।


यसैगरि प्रेस काउन्सिल ऐनलाई प्रतिस्थापन गर्न ल्याइन लागिएको मिडिया कााउन्सिल ऐनले यसको स्वायतताको समेत रक्षा गर्न सकेको छैन । काउन्सिललाई अझ थप अधिकार सम्पन्न बनाउनु पर्ने आवाज उठिरहेको बेलामा नयाँ ऐनमा सचिवको अध्यक्षतामा नियुक्ति समिति हुने प्रावधान प्रस्ताव गरिएको छ ।

यसअघि रहेको जत्ति हैसियत पनि अबको ऐनमा रहेको छैन । एक हप्ता सम्मको पहिलो चरणको आन्दोलन सकिनै लाग्दा समेत सरकारले कुनै सम्बोधन नगरेको भन्दै अब महासंघ कडा रुपमा प्रस्तुत हुने बताइएको छ ।

Loading...

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी