डोनाल्ड ट्रम्पले गरे अमेरिकामा राष्ट्रिय संकटकालको घोषणा

31 Hits

काठमाडाैं, २ जेठ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय संकटकालको घोषणा गरेका छन् । उनले विदेशी साइबर हमलाको स्थितीमा अमेरिकी कम्प्युटरलाई बचाउनका लागि राष्ट्रिय संकटकालको घोषणा गरेका बताएका छन् । ट्रम्पले एक कार्यकारी आदेश जारी गरेर राष्ट्रिय संकटकालको घोषणा गरेका हुन् ।

उनको यो आदेशपछि अमेरिकी कम्पनीहरुलाई विदेशी दुरसंचार सेवाको उपयोग गर्नबाट प्रतिबन्ध लगाइएको छ । यी विदेशी दुरसंचार सेवाका कारण राष्ट्रिय सुरक्षालाई खतरा हुनसक्छ भनिएको छ ।

ट्रम्पले आफ्नो आदेशमा कुनै पनि कम्पनीको नाम लिएका छैनन् ।

यद्यपी, विश्लेषकका अनुसार राष्ट्रपति ट्रम्पले यो कदम विशेष रुपमा चीनको टेलिकम कम्पनी ह्वावेका लागि उठाएका हुन् ।

थुप्रै देशले ह्वावे कम्पनीको उत्पादनको प्रयोगले चीनलाई जासुसीका लागि सहयोग गरिरहेको अनुमान गरेका छन् ।

टेलिकम उपकरण बनाउने संसारको सबैभन्दा ठूलो कम्पनी ह्वावेले यद्यपी यी आशंकालाई निराधार बताउँदै आफ्नो कामले कसैलाई हानी नोक्सानी नहुने र जासुसीको कुनै जोखिम नभएको बताएको छ ।

ह्वाइट हाउसको बयान अनुसार ट्रम्पको आदेशको उद्देश्य ‘अमेरिकालाई विदेशी दुश्मनबाट बचाउनु हो जो सक्रिय रुपमा लगातार सूचना र संचार प्रविधी एवं सेवाको उपयोगबाट अतिसंवेदनशील बनेका छन् ।’ – एजेन्सीको सहयोगमा

Loading...

Related News

पेन्टागनले दिने भयो ट्रम्पलाई १ विलियन डलर सहयोग

काठमाडौं, १२ चैत । विश्व शक्ति राष्ट्र अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको मेक्सीको सिमामा पर्खाल लगाउने योजनालाई आफ्नै सांसदहरुले…

ट्रम्पको घोषणाका विपक्षमा मतदान, ट्रम्प भन्छन् -भिटो लगाउँछु

न्युयोर्क, ३० फागुन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको घोष्णाका विपक्षमा माथिल्लो सदनमा मतदान भएको छ । संसदको माथिल्लो…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी