त्रिवि सेवा आयोगको परीक्षामा अनियमितता : अख्तियारले थाल्यो पदाधिकारी कार्वाही

53 Hits

काठमाडौं, २९ बैसाख ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गत त्रिवि सेवा आयोगले लिएको परीक्षामा अनियमितता भएको आशंका गर्दै उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान प्रक्रिया अघि बढाएको छ । आयोगले २०७५ जेठमा खुला प्रतियोगिताअन्तर्गत प्रशासनिक तथा प्राविधिक तहका विभिन्न पदमा परीक्षा लिएको थियो । परीक्षा लिएको १० महिनापछि १४ वैशाखमा नतिजा सार्वजनिक भएको थियो ।

लिखित परीक्षाको नतिजा सार्वजनिक भएलगत्तै आयोगका पदाधिकारीहरूले आफू निकट तथा उच्च राजनीतिक नेतृत्वको दबाबमा केही व्यक्तिलाई उत्तीर्ण गराएको भन्दै त्यसविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो । त्यसरी, अख्तियारमा उजुरी परेलगत्तै परीक्षा विवादको घेरामा तानिएको हो । अख्तियारले पनि त्रिवि सेवा आयोगले लिएको सो परीक्षाबारे आवश्यक छानबिन गरिने बताएको छ ।

। त्रिभुवन विश्वविद्यालयअन्तर्गत त्रिवि सेवा आयोगविरुद्व परीक्षा सञ्चालनमा अनियमितता भएको भन्दै पीडित विद्यार्थीले अनियमितताका आधारसमेत उल्लेख गरी अख्तियारसमक्ष उजुरी दिएपछि अख्तियारले छानबिन गरिने बताएको हो । अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले आयोगले त्यससम्बन्धी उजुरी ग्रहण गरिसकेकाले त्यसउपर आवश्यक छानबिन हुने बताए । प्रवक्ता कोइरालाले परीक्षामा अनियमितता भएको पाइए कानुनबमोजिम कारबाही हुने जानकारी दिए ।

त्रिवि सेवा आयोगले लिएको परीक्षामा आयोगका पदाधिकारीहरूले पदको दुरुपयोग गर्दै लिखित परीक्षाको नतिजा प्रकाशन गरेको भन्दै अख्तियारमा उजुरी परेको हो । उजुरीको बोधार्थ राष्ट्रिय सतर्कता केन्द्रमा समेत बुझाइएको छ ।
उजुरीपत्रमा भनिएको छ, ‘अध्यक्ष प्राध्यापक चैतन्य शर्मा र आयोगका प्रशासन प्रमुख परशुराम कोइरालाका आफन्तले परीक्षामा आवेदन दिँदै गर्दा नैतिक रूपमा सोही पदमा जिम्मेवारी लिनु र परीक्षामा प्रत्यक्ष संलग्न हुनुले नैतिक र कानुनी रूपमा जायज र नियमसंगत देखिएन ।’

आयोगको अध्यक्षमा चैतन्य शर्मा र सदस्यमा प्रा.डा. चिन्तामणि पोखरेल छन् । उजुरीपत्रमा अन्तर्वार्ताका लागि सूचित गरेको आवेदकको सूचीमा आयोगका वहालवाला पदाधिकारी तथा कर्मचारी र विभिन्न संघ संगठनका प्रमुख नेताका आफन्तलाई सफल बनाएको उल्लेख छ ।त्रिवि सेवा आयोगका अध्यक्ष चैतन्य शर्माले भने निष्पक्ष रूपमा परीक्षा सञ्चालन गरेको र सोहीअनुरूप नतिजा आएको दाबी गरे ।

उजुरीपत्रमा लोकसेवा आयोगले लिने दस्तुरभन्दा अत्यधिक दस्तुर लिई अनियमितता गर्ने माथि छानबिनको माग गरिएको छ । एक विद्यार्थीले राजधानीसँग भने, ‘शाखा अधिकृत पदको उत्तरपुस्तिकाबाट प्राप्त गरेको प्राप्तांकको प्रतिलिपि पाऊँ भन्दै त्रिवि सेवा आयोगमा निवेदन दिएको छु ।’ आयोगले परीक्षार्थीहरूलाई अन्तर्वार्ताका लागि आज २९ वैशाखदेखि १९ जेठसम्म बोलाएको छ ।
शिक्षकको नियुक्ति तथा बढुवा गर्दा प्राज्ञिक क्षमता र अनुभवलाई र कर्मचारीको नियुक्ति तथा बढुवा गर्दा प्रशासनिक दक्षता तथा अनुभवलाई मुख्य आधार बनाउने व्यवस्था त्रिभुवन विश्वविद्यालय ऐन २०४९ मा गरिएको समाचार राजधानी दैनिकमा छ ।

Loading...

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी