मरेको भन्दै खाल्डामा पुर्न लागेका शिशु सास फेरेपछि अस्पताल फिर्ता, हजुरआमा पक्राउ

33 Hits

चितवन, २३ वैशाख ।

एक शिशुको मृत्यु भएको भनी दाहसंस्कार गर्न देवघाट लगेर पुर्नका लागि खाल्डोमा राख्दा श्वासप्रश्वास गरेको देखेर फर्काई पुनः अस्पताल ल्याइएको छ ।

चितवन मेडिकल कलेजमा आइतबार जन्मिएकी शिशुलाई उपचार सम्भव नभएको चिकित्सकले जनाएकाले परिवारले घर लैजान्छु भन्दै अन्त्येष्टिका लागि देवघाट लगेका थिए ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार हेटौँडा घर भएकी एक अविवाहिता युवतीले अस्पतालमा शिशु जन्माएकी थिइन् ।

शिशुको मृत्यु भएको भनी परिवारजनले देवघाटमा अन्त्येष्टिका लागि तयारी गर्दै गर्दा स्थानीयवासीले जीवितै देखेपछि शिशुलाई अस्पताल फर्काएर प्रहरीलाई खबर गरेका थिए ।

त्यसको लगत्तै शिशुकी हजुरआमालाई प्रहरीले नियन्त्रणमा लिएको प्रवक्ता रेग्मीले बताए । शिशुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको थियो । युवती अविवाहिता भएकीले उनको नाम र ठेगाना गोप्य राखिएको उनको भनाइ थियोे । उक्त शिशुको सोमबार अपरान्ह १२ः३०मा निधन भएको अस्पताल स्रोतले जनायो ।

Loading...

Related News

दुई परिवारका नौ जनाको सामुहिक हत्या, तालीमप्राप्त कुकुरद्वारा अनुसन्धान जारी

पाँचथर, ७ जेठ । पाँचथरमा ९ जनाको विभत्स हत्या भएको छ । जिल्लाको मिक्लाजुङ गाउँपालिका ३, आरुबोटे भन्ने स्थानमा गएराति…

लमजुङमा लागु औषध सहित दुईजना पक्राउ

लमजुङ १७ चैत- जिल्ला प्रहरी कार्यालय लमजुङले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले गस्तीका क्रममा बेसीशसहर नगरपालिका…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी