राेकीएकाे शिक्षक सरूवा खुल्याे

42 Hits

काठमाडौं, २३ बैसाख ।
केही समयदेखि रोक्का भएको शिक्षकको सरुवा शिक्षा मन्त्रालयले खुला गरेको छ ।
स्थायी शिक्षक पदस्थापनाका लागि ११ चैतमा रोक्का गरेको सरुवा आइतबारदेखि फुकुवा गरेको केन्द्रका महानिर्देशक बाबुराम पौडेलले बताए ।

आन्तरिकतर्फको पदस्थापन र अवकाशका कारण कतिपय विद्यालयमा शिक्षक व्यवस्थापन गर्न कठिनाइ भएको गुनासो आएपछि सरुवा फुकुवा गरिएको पौडेलको भनाइ छ ।

केन्द्रले आइतबार नै सबै शिक्षा, विकास तथा समन्वय एकाइलाई पत्राचार गरी शिक्षक सरुवा फुकुवा गरेको जानकारी दिएको छ ।

पदस्थापन सकिएपछि रिक्त रहन आएमा, खुला प्रतियोगितात्मक विज्ञापनमा समावेश नभएका पद किटान गरी त्यस्तो परीक्षामा असर नपर्ने र दरबन्दी कटौती नहुने अवस्थामा सरुवा गर्न केन्द्रले निर्देशन दिएको छ ।

संविधान अनससार विद्यालय तहको शिक्षा व्यवस्थापनको जिम्मेवारी स्थानीय तहको भए पनि शिक्षक नियुक्ति र अन्तर जिल्ला सरुवा केन्द्र सरकारको शिक्षा एकाइको स्वीकृतिमा हुँदै आएको छ ।

सरुवा गर्दा आफ्नो जिल्लाभित्र र अन्तर जिल्लाको समान तहको रिक्त पद तथा विषयको दरबन्दीमा कार्यरत शिक्षकलाई सम्बन्धित स्थानीय तहको समन्वयमा प्रचलित ऐन, कानूनअनुसार गर्न सकिने पनि केन्द्रले जनाएको छ ।

शिक्षक सरुवाका लागि सम्बन्धित दुवै विद्यालयको सहमति, स्थानीय तहको सिफारिस र समन्वय एकाइको स्वीकृति आवश्यक पर्छ ।
यस निर्णयले लामो समयदेखि अपायक र विविध कठिनाई झेलेर पनि सरुवा हुन नसकेका स्थायी शिक्षकहरुको समस्या हल हुने विश्वास मन्त्रालयले लिएको छ ।

Loading...

Related News

मन्त्री मगरको स्वागतयोग्य काम : एसएसबीद्वारा हत्या गरिएका शहीद गौतमका तीन छोरीलाई काठमाडौंमा भर्ना

– प्रकाश सिलवाल/ काठमाडौँ, ५ जेठ- ‘यी नानीहरुलाई राम्रोसँग हेर्नुहोला’ शहीद गोविन्द गौतमका तीन छोरीलाई भर्ना गराएर खाजा खाँदै गर्दा…

हाेसियार ! सानै उमेरमा बच्चालाई स्कुल पठाउनु धेरै घातक

काठमाडौँ, ५ जेठ । बालबालिका बदलिएका छैनन् तर उनीहरूबाट गरिने हाम्रा अपेक्षा भने बढेका बढ्यै छन् । उनीहरूलाई सानो उमेरमा…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी