प्रहरी निरीक्षक पदमा पदोन्नति भएकाहरुलाई दर्ज्यानी चिन्ह प्रदान

30 Hits

काठमाडौं, २२ बैशाख ।

प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले गैरव्यवसायिक चरित्र प्रदर्शन गर्ने कसैलाई पनि छुट नदिने चेतावनी दिएका छन् ।

प्रहरी नायब निरीक्षकबाट प्रहरी निरीक्षक पदमा पदोन्नति भएका प्रहरी अधिकृतहरुलाई प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रममा खनालले यस्तो चेतावनी दिएका हुन । खनालले भने,‘‘व्यावसायिक चरित्र प्रदर्शन नगरेमा जो कोही पनि सजायको भागिदार हुनसक्छ । त्यसमा कसैलाई छुट दिइँदैन।

खनालले प्रहरी संगठन सर्वोत्कृष्ट बनाउन अझै तीव्रता र दृढताकासाथ नेपाल सरकारको नीति अनुसार जिम्मेवार भएर काम गर्न निर्देशन समेत दिए । पदोन्नतिसँगै थप जिम्मेवार र लगनशील भई तोकेको दायित्व पुरा गर्नुपर्ने चर्चा खनालले भने,‘‘विगतका नराम्रा बानी भए सबै छोडनुस्, नयाँ काम गर्न थप उर्जाका साथ तयार र एकजुट हुनुस् ।’’

प्रहरी महानिरीक्षक खनालले विध्वंसात्मक एवं गैर संवैधानिक गतिविधि नियन्त्रण गर्न संगठनको नीति निर्देशन र कानुनी प्रावधानमा रही विवेकपूर्ण निर्ममताकासाथ निडर भई स्पष्ट रुपमा अगाडि बढ्न निर्देशन समेत दिए ।

नेपाल सरकार, गृह मन्त्रालय (सचिवस्तर) को २०७६ वैशाख २० गतेको निर्णयले ५४ जना पदोन्नति भएका हुन । कार्यक्रममा ५२ जना प्रहरी निरीक्षकहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका थिए ।

Loading...

Related News

वाइडबडी प्रकरणमा ‘रवीन्द्र’ निर्दोष छन् : प्रधानमन्त्री ओली

काठमाडौं, १७ फागुन । प्रधानमन्त्री के पी ओलीले वाइड बडी प्रकरणमा भर्खरै दिवंगत भएका पर्यटन मन्त्री रवीन्द्र अधिकारी पुरै निर्दोष…

पुलिस रिपोर्ट लिन अफिस धाउनु नपर्ने, ईमेलबाटै पाईने

काठमाडौं, २५ कात्तिक – अस्ट्रेलियामा बस्दै आएकी अञ्जु पोखरेलले प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) लिनका लागि प्रहरी प्रधान कार्यालयमा इमेलबाट…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी