सेनापतिकाे अर्को एक्सन : पहिलाेपटक शैक्षिक प्रमाणपत्र छानविन शुरू

30 Hits

काठमाडौं, २२ बैसाख –

नेपाली सेनाले सैन्य कर्मचारीहरूको शैक्षिक प्रमाणपत्र छानबिन थालेको छ । अहिले परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा जवान र अधिकृतको एसएलसी–एसईई प्रमाणपत्र छानबिन भइरहेको छ ।

यसपछि सैन्य कर्मचारीको एसईईभन्दा माथिल्लो तहको शैक्षिक प्रमाणपत्र छानबिन गर्ने जंगी अड्डाको तयारी छ । छानबिनका लागि जंगी अड्डाबाट प्रमाणपत्र आइरहेको पनिकाले जनाएको छ ।

पनिकाले एसईई (यसअघि एसएलसी) को प्रमाणपत्र मात्र प्रमाणीकरण गर्छ । जंगी अड्डाबाट प्रमाणपत्र प्रमाणीकरणका लागि अनुरोध पठाइएको यो नै पहिलो पटक हो । परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीका अनुसार विशेष छानबिनका लागि भन्दै सेनाले अनुरोधपत्र सहित प्रमाणपत्र पठाइरहेको छ । पछिल्लो समय एकै पटकमा सयौं थान प्रमाणपत्र पनिकामा आइरहेका छन् ।

सेनाको पत्रमा जंगी अड्डाको लोगो र छाप पनि हुन्छ । तर फरक–फरक गुल्म, गण र टुकडीमा कार्यरत सैनिकका प्रमाणपत्र छुट्टाछुट्टै आउँछन् । अधिकारीका अनुसार कतिपय भने व्यक्तिगत रूपमै आउने गरेका छन् ।

उनले भने– ‘कहिले जवान आफैं आउँछन्, कहिले एकै जनाले पनि दर्जनौं प्रमाणपत्र ल्याउने गरेका छन् ।’ यो खबर अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

Loading...

Related News

प्रधानसेनापति थापाले दिए यस्तो चेतावनी, के हाेला अब ?

काठमाडौँ, ६ वैशाख । नेपाली सेनाका प्रधानसेनापति तथा महारथी पूर्णचन्द्र थापाले सेनाभित्र बढ्दो आचार संहिता क्षयीकरणले सेनामा अनावश्यक र अनपेक्षित…

लमजुङका पुर्णचन्द्र थापा प्रधानसेनापति, अरू के गर्याे मन्त्रीपरिषद्ले निर्णय

काठमाडौं ४ भदौ । सरकारले नेपाली सेनाको प्रधानसेनापतिमा लमजुङका पूर्णचन्द्र थापालाई नियुक्त गर्न सिफारिस गरेको छ सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद्को…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी