भ्रष्टाचार डरलाग्दो रूपमा सबैतिर छ- अग्नी सापकोटा

88 Hits

काठमाडौं, २२ बैसाख –

सत्तारुढ दल नेकपाका सांसद तथा पुर्व मन्त्री अग्नि सापकोटाले जताततै भ्रष्टाचार रहेको दावी गरेका छन् । नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै उनले भने, ‘भ्रष्टाचार कहाँ छ भनेर नसोध्नुहोस् । कहाँ छैन भ्रष्टाचार ?’

उनले बालुवाटार खुलामञ्च, जनकपुर, पोखरालगायत भ्रष्टाचार भएको हजार ठाउँको नाम लिन सक्ने बताए। केही महिनाअघि संसदको अन्तर्राष्ट्रिय समितिले आफूलाई हायात होटलले भोगचलन गरिरहेको सरकारी जग्गाको  छानविनको जिम्मा दिँदा डरलाग्दो अवस्था देखेको बताए। उनले भने, ‘उक्त विषयमा अध्ययन गर्दै जाँदा डरलाग्दो चित्र देखियो । लाग्यो– यो देशको माया गर्ने कोही छ र?’ 

उनले देशैभरी कर्पोरेट शैलीमा जग्गा हडपिएको बताए। एनसेललगायतको करछलीलाई सामान्य आर्थिक विषय नबनाउन आग्रह गरे । यहाँको सरकार, प्रशासन र अदालतलाई प्रभाव पारेरसार्वसौभ सत्तामाथि आक्रमण गर्ने  सुनियोजित रणनीति भएको बताए। 

आफूले हायात होटेलले भोगचलन गरेको सरकारी जग्गाको अध्ययन गर्दा १० औं हजार विगाह भूमाफियाले कब्जा गरेको पाएको बताए ।  यसलाई नियन्त्रण गर्न सरकारी, सार्वजनिक र गुठीका जग्गा छानविन गर्न एक महिनाभित्र कानून बनाउन सुझाए । शक्तिशाली उच्चस्तरीय आयोग गठन गरेर जग्गा सरकारको नाममा फिर्ता ल्याउन ध्यानाकर्षण गराए।

नेता सापकोटा हालसम्म भ्रष्टाचार र अनियमितताका कुनै पनि विषयमा अाराेपित छैनन् ।

Loading...

Related News

मेलम्ची आयोजना अगाडि बढाउन मन्त्रीकाे पहलमा उच्चस्तरीय बैठक

काठमाडौं, २५ असार । मेलम्ची खानेपानी आयोजनाको कामलाई तिव्रता दिन सिंहदरबारमा उच्चस्तरीय बैठक सम्पन्न भएको छ । खानेपानी मन्त्री बिना…

सांसद सापकोटाले गरे तातोपानी नाका खोल्न माग, सरकारलाई दिए यस्तो चुनौति

काठमाडौं, २० चैत । नेकपा माओवादी केन्द्रका नेता तथा सिन्धुपाल्चोक प्रतिनिधिसभा–१ बाट निर्वाचित सांसद अग्निप्रसाद सापकोटाले बन्द रहेको तातोपानी नाका…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का