भानु क्याम्पसमा २ रूपैयाँमै मेसिनबाट स्यानीटरी प्याड

57 Hits

तनहुँ, १७ बैसाख –

 स्कुल र कलेज अध्ययनरत छात्रालाई महिनावारीका वेला निकै अप्ठ्यारो र समस्या झेल्नुपर्छ। धेरैले पढाइ नै छुटाउँछन्। अचानक महिनावारी भइहाल्यो भने ‘सेनेटरी प्याड’ सहज रूपमा नपाइनाले छात्रा पढाइ छाड्छन्।

यहाँसम्म कि ४/५ दिन घरमै बस्नुपर्ने अवस्था आउने आदिकवि भानुभक्त क्याम्पसकी बीआईसीटीमा अध्यनरत छात्रा अस्मिता अधिकारी बताउँछिन्।

अनुसार विद्यार्थी संख्याको ८० प्रतिशत छात्रा अध्ययन गर्ने तनहुँ व्यास नगरपालिका १ भाउँगाउँको आदिकवि भानुभक्त क्याम्पसमा पनि यस्तै समस्या देखिन थालेपछि ‘सेनेटरी न्याप्किन प्याड भेन्डिङ’ मेसिन जडान गरिएको छ।

विभिन्न संघसंस्थाको सहयोगमा आधुनिक सेनेटरी न्याप्किन भेन्डिङ मेसिन  जडान गरेको क्याम्पस प्रमुख महाप्रसाद हड्खले बताए। ‘क्याम्पसमा दुई हजार तीनसय हाराहारी विद्यार्थीमध्ये एक हजार ६ सयजति छात्रा छन्’, उनले भने, ‘अधिकांशले महिनावारीका वेला पढाइ छुटाउने गरेका छन्। उक्त मेसिनमा दुई रुपैयाँको सिक्का हालेपछि सेनिटरी प्याड निकाल्ने व्यवस्था मिलाइएको क्याम्पसकी सहप्राध्यापक कल्पना लम्सालले बताइन्।

कान्तिपुर दैनिकमा समाचार छ ।

Loading...

Related News

यस्तो वडा जहाँ मासु खाए वा किनबेच गरे ५० हजार जरिवाना

गाेरखा, ५ जेठ – गोरखाको एउटा वडा कार्यालयले मासु किन्न, खान र पशुपन्छी पाल्न कडा प्रतिबन्ध लगाएको छ। र, कसैले…

मरेको भन्दै खाल्डामा पुर्न लागेका शिशु सास फेरेपछि अस्पताल फिर्ता, हजुरआमा पक्राउ

चितवन, २३ वैशाख । एक शिशुको मृत्यु भएको भनी दाहसंस्कार गर्न देवघाट लगेर पुर्नका लागि खाल्डोमा राख्दा श्वासप्रश्वास गरेको देखेर…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी