संघीय संसदकाे चाैथाे अधिवेशन अाजबाट : नीति कार्यक्रम देखि बजेटसम्म कार्यसूची

58 Hits

काठमाडौँ, १६ वैशाख ।

सङ्घीय संसद्को चौथो अधिवेशन सोमबारबाट सुरु हुँदैछ । मन्त्रिपरिषदको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दिउँसो ४.०० बजे अधिवेशन आह्वान गर्नुभएको हो । अधिवेशन सरकारको वार्षिक नीति तथा कार्यक्रम पेस, बजेट प्रस्तुत तथा संविधान कार्यान्वयनका कानुन निर्माणमा केन्द्रित हुनेछ ।


तेस्रो अधिवेशन अन्त्य भएको एक महिनापछि चौथो अधिवेशन आह्वान गरिएको हो । चालु अधिवेशन सरकारका वार्षिक कार्यक्रम र कानुन निर्माणमा केन्द्रित हुने प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “सोमबारबाट चौथो अधिवेशन सुरु हुँदैछ । चौथो अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम, प्रिबजेट छलफल तथा बजेट प्रस्तुत मुख्य कार्यसूची नै हुन् । यस्तै, विचाराधीन विधेयकलाई प्राथमिकताका आधारमा अगाडि बढाइनेछ । प्रश्नोत्तर, विभिन्न प्रस्तावमा छलफल पनि निरन्तर अगाडि बढाइनेछ ।”
अधिवेशनमा सरकारको कार्यक्रम नै प्रमुख रहनेछ । नीति तथा कार्यक्रमका लागि वैशाख २० गतेको समय तय भइसकेको छ । यो पटक नीति तथा कार्यक्रमपछि प्रि बजेट छलफल हुनेछ । यसअघि प्रिबजेट छलफलपछि मात्र नीति कार्यक्रम पेस हुने गरेको थियो । 
यस्ता हुनेछन् मुख्य कार्यसूची
चौथो अधिवेशनको पहिलो दिनका सम्भावित कार्यसूची दुबै सदनले तयार पारिसकेका छन् । बैठकमा अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको पत्र पढेर सुनाइनेछ । यस्तै दुबै सदनमा सभाध्यक्षको अनुपस्थितिमा बैठक सञ्चालका लागि ‘स्पिकर प्यानल’को चयन हुनेछ । हरेक अधिवेशनमा उक्त प्यानमा रहनेका नाम घोषणा गरिन्छ । 
यसैगरी बैठकमा राजनीतिक दलका नेताले सम्बोधन गर्ने प्रचलन छ । आइतबारसम्म राजनीतिक दलका शीर्ष नेताले सम्बोधन गर्ने वा नगर्ने स्पष्ट भएको छैन । 
सोमबार दिउँसो १.०० बजे कार्यव्यवस्था परामर्श समिति बैठक बोलाइएको छ । सो बैठकले उक्त समय निर्धारण गर्नेछ । यसअघिको अभ्यास अनुसार भने अधिवेशन सुरु हुँदा शीर्ष नेताहरूले सम्बोधन गर्ने प्रचलन छ । सभामुख महराले राजनीतिक दलका नेताको सम्बोधनबारे सोमबार मात्र तय हुने बताउनुभयो । 
बैठकमा शोक प्रस्ताव पारितको कार्यसूची पनि रहनेछ । अधिवेशन नभएको बेलामा मृत्यु भएका पूर्व सांसद्हरुको शोक प्रस्ताव सोमबार पेस हुनेछ । सोमबारको बैठकमा २०४८ मा गुल्मी ३ बाट निर्वाचित रुद्रमणि शर्मा, यस्तै, २०४८ र ०५६ मा रुपन्देही २ बाट निर्वाचित रामकृष्ण ताम्राकार, २०६४ को संविधानसभा सदस्य दिवाकर गोल्छाको निधनमा शोक प्रस्ताव पारित हुनेछ । यस्तै, राष्ट्रियसभाका पूर्व सदस्य भिक्षु अश्वघोषको निधनमा शोक प्रस्ताव पारित हुनेछ । अश्वघोष २०५० मा राष्ट्रियसभा सदस्य हुनुहुन्थ्यो । 
कति छन् विधेयक
संघीय संसदका दुबै सदनमा गरी २९ विधेयक विचाराधीन छन् । ती विधेयकहरू चौथो अधिवेशनमा पेस हुनेछन् । अन्य २६ विधेयक विभिन्न अवस्थामा विचाराधीन नै छन् । प्रमाण ऐन संशोधन विधेयक, राष्ट्रिय मानवअधिकार आयोग ऐन संशोधन विधेयक, औद्योगिक व्यवसाय सम्बन्धी कानुनलाई एकीकृत गर्न बनेको विधेयक नयाँ दर्ता भएका हुन् । 
नागरिकता ऐन संशोधन विधेयक, सङ्घीय निजामती सेवा ऐन संशोधन विधेयक, प्रदेश प्रहरी विधेयक लगायत विधेयक समितिमा विचाराधीन छन् । समितिमा विचाराधीन रहेका विधेयक प्राथमिकताका आधारमा अगाडि बढाउने सरकारको तयारीकााे समाचार गाेरखापत्र छ ।

Loading...

Related News

देउवालाई बाेल्न नदिँदा कांग्रेसले गर्यो सदन अवरुद्ध, प्रधानमन्त्रीलाई बोल्न दिइएन

काठमाडौं, ३ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेपछि प्रधानमन्त्री के पी शर्मा ओलीले सदनमा बोल्न…

समितिको निर्देशन मान्दिन भनेर मन्त्रीले भन्ने ? – लक्ष्मणलाल कर्ण

काठमाडौं, २ असार । राष्ट्रिय जनता पार्टीले संविधानको कार्यान्वयन र संसदको मर्यादा कायम राख्ने तर्फ गम्भीर भुमिका निर्वाह गर्न गर्न…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी