एक वर्षमा १३३ सडक दुर्घटना, ५१ ले गुमाए ज्यान

49 Hits

हेटौँडा, ११ वैशाख
मकवानपुरमा विगत एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी ५१ ले ज्यान गुमाएका छन् । दुर्घटनाबाट ४३ पुरुष, पाँच महिला र तीन बालबालिकाको मृत्यु भएको बताइएको छ ।

यस अवधिमा ६२ गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार मकवानपुरमा दुई पाङ्ग्रे सवारी साधन मोटरसाइकल बढी दुर्घटना भएको बताइएको छ । पछिल्लो समय सडकमा छाडा छोडिएका पशु चौपायाका कारण पनि दुर्घटनाको जोखिम बढिरहेको छ ।

मकवानपुरमा गत एक वर्षको अवधिमा साना ठूला गरी १३३ सडक दुर्घटना भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार सवारी चालकमा धैर्यको कमी भएका कारण सवारी दुर्घटना दिन प्रतिदिन बढिरहेको बताएको छ । चालकमा उच्च रक्तचाप, हतार, यान्त्रिक गडबडी, सडकको अवस्था, मादक पदार्थको सेवन, आँखाको दूरदृष्टिमा कमजोरी नै दुर्घटनाको मुख्य कारण रहेको बताइएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले प्रत्येक महीना सवारी चालकको निःशुल्क स्वास्थ्य जाँच शिविर सञ्चालन गर्नुका साथै सवारीसम्बन्धी जनचेतनाका कार्यक्रम पनि गरिरहेको जनाएको छ तर पनि सवारी दुर्घटनाको न्यूनीकरणमा सन्तोषनक सफलता पाउन कठिनाइ रहेको छ ।

मकवानपुरका पक्की सडकमा ७६ र कच्ची सडकमा १५ दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रदेश नं ३ को राजधानीसमेत भएकाले यहाँको सवारी चाप पछिल्लो समय बढ्दो रुपमा रहेको छ । दशकौँ पुरानो मापदण्डका सडक, पूर्वपश्चिम राजमार्गलगायत केन्द्रीय राजधानी काठमाडौँलाई जोड्ने छोटो दूरीका सडक सञ्जालले हेटौँडालाई जोड्ने हुनाले पनि मकवानपुर भएर दैनिक हजारौँ सवारी आवतजावत गर्ने गरेका छन् । यस्ता सवारी चापको चुनौतीलाई करीब ३० जनाको ट्राफिक जनशक्तिबाट सवारी व्यवस्थापन गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्रकुमार ठाकुरले बताउनुभयो ।

मकवानपुरमा करीब २७ हजार सवारी साधन दैनिक गुड्ने अनुमान गरिएको छ । हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरमा रहेको जनशक्तिलाई आधार मान्ने हो भने एउटा ट्राफिक प्रहरीले करीब ९०० सवारी साधनलाई निगरानी गर्नुपर्ने भएको छ । कतिपय अवस्थामा ट्राफिक प्रहरीको आँखा छलेर सवारी नियम मिच्ने सवारीलाई कारवाही गर्न जनशक्ति नै अपुग रहेको सहजै अनुमान गर्न सकिन्छ ।

मकवानपुर प्रदेश नं ३ को राजधानी भएका कारण दैनिकजसो विशिष्ट, अति विशिष्ट व्यक्तिको बाक्लो उपस्थिति हुने भएकाले अन्य सवारीको अतिरिक्त उनीहरुका लागि सवारी व्यवस्थापन गर्नुपर्ने चुनौती पनि ट्राफिक प्रहरीलाई नै रहेको छ । ९रासस०

Loading...

Related News

हुम्ला : कर्णालीमा खस्यो जीप, गाउँपालिका उपाध्यक्षसहित १५ बेपत्ता

काठमाडौं, ३ असार । ९ जनाको ज्यान जानेगरी बझाङमा भएको जीप दुर्घटनाको खबर सेलाउन नपाउँदै आज फेरी हुम्लाको कर्णाली नदीमा…

असार लाग्ने वित्तिकै बझाङमा जिप दुर्घटना, ९ को मृत्यु्

काठमाडौं, २ असार । असार लाग्ने वित्तिकै सुदुर पश्चिम प्रदेश अन्त्रगतको बझांग जिल्लामा भएको जिप दुर्घटनामा ९ जानको ज्यान गएको…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी