अब घटना भएलगत्तै प्रहरी आइपुग्ने : एक चौकीलाई एक मोटरसाइकल

44 Hits

काठमाडौं, १० वैशाख ।
नेपाल प्रहरीले एक प्रहरी चौकी–एक सवारी साधान अवधारणा ल्याएको छ । जसअनुसार विभिन्न प्रहरी कार्यालयलाई ५ सय वटा मोटरसाइकल वितरण गरिएको छ ।

अपराधको सूचना आएलगत्तै घटनास्थलमा पुग्न सहज होस् भनेर प्रहरीले नयाँ अभियान थालेको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले अभियानअन्तर्गत पहिलो चरणमा ५ सय वटा मोटरसाइकल वितरण गरिएको बताए ।

उनका अनुसार, थप ३ सय ४० वटा मोटरसाइकल खरिद गरिएको छ । ‘प्रहरीको काम कारबाहीलाई व्यवस्थापनका लागि हामीले मोटरसाइकल खरिद अघि बढाएका हौं’, सुवेदीले भने, ‘अन्य किसिमका १८ वटा सवारी साधन खरिद भएका छन् । ४३ वटाका लागि खरिद सम्झौता भएको छ ।’

सवारी कारगेड मोटरसाइकल पनि ३० वटा खरिदका लागि सम्झौता भएको पनि उनले जानकारी दिए । सुवेदीले हरेक प्रदेशमा पानीको फोहोरा हान्ने गाडीको व्यवस्थापनको कार्य पनि भइरहेको बताए ।

‘योजना अनुरुप ५ वटा खरिद भइसकेको छ भने दुई वटा प्रक्रियामा छन्’, उनले थपे, ‘मानवअधिकारको सम्मान गर्दै भीड नियन्त्रणका लागि फोहोरा प्रयोग गर्न खरिद गरिएको हो ।’

नयाँ स्थापना गरिएका मानव बेचविबखन र साइबर ब्युरोका लागि आवश्यक उपकरणको खरिदको कार्य पनि भइरहेको उनले बताए ।

Loading...

Related News

बाढी पहिरो क्षति : मृतक संख्या ४३ पुग्याे, घाइते २०

काठमाडौं, २९ असार – अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानबाट ४३ जनाको मृत्यु भएको छ ।…

प्रहरी सञ्जिव राईमाथि प्रतिराेध कारवाही (विप्लव नेकपाकाे वक्तव्य)

काठमाडौं , २७ असार – सरकारले ‘प्रतिबन्ध’ लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पहिलो पटक आफूहरुद्वारा प्रहरीको ‘प्रतिरोध’…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का