सत्तारूढ नेकपाकाे जिल्ला नेतृत्वको घाेषणा अाज, काे काे बने अध्यक्ष र सचिव ?

89 Hits

काठमाडाैं, ९ बैसाख –

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता टुंगो लागेको छ । शीर्ष नेताबीच सहमति जुटेपछि आज (सोमबार) जिल्ला कमिटीको घोषणा हुँदै छ ।

३ जेठमा तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता घोषणा भएको थियो । पार्टी एकता भएको ११ महिनापछि जिल्ला कमिटीले पुर्णता पाउँदै छ । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच विगत एक सातादेखि गहन छलफलपश्चात सहमति जुटेको छ ।

पछिल्लो समय गठन भएको एकता कार्यदललाई विघटन गर्दै सचिवालय कमिटीले जिल्ला तहको नेतृत्व टुंगो लगाउन शीर्ष नेतृत्वलाई जिम्मेवारी दिएको थियो । शीर्ष नेताहरूबीच सहमति जुटेपछि आइतबार बसेको सचिवालय बैठकले सोमबार जिल्ला कमिटी घोषणा गर्ने निर्णय गरेको छ ।

नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले सोमबार जिल्ला कमिटीको घोषणा गरिने बताए । सचिवालय बैठकमा जिल्ला नेतृत्वको विषयमा छलफल भएको बताउँदै उनले सोमबार घोषणा गर्ने तयारी भएको बताए ।

‘७७ वटै जिल्ला कमिटीको अध्यक्ष र सचिवको टुंगो लागेको छ,’ श्रेष्ठले भने, ‘सचिवालय बैठकमा छलफल भएको र अब सोमबार घोषणा गर्ने तयारी रहेको छ ।’

७७ जिल्लाकै अध्यक्ष र सचिवको नाम सोमबार प्रज्ञा भवनमा कार्यक्रम गरेर सार्वजनिक गर्ने तयारी नेकपाले गरेको छ । लामो गृहकार्यपश्चात् नेतृत्व टुंगो लाग्ने भएको हो ।

अध्यक्ष एवं प्रधानमन्त्री ओली, अर्का अध्यक्ष दाहाल, वरिष्ठ नेता नेपालका साथै वरिष्ठ नेता झलनाथ खनाल, सचिवालय सदस्य वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा र महासचिव विष्णु पौडेललगायतका नेता निरन्तर छलफल गर्दै जिल्ला तहको एकता टुंगो लगाउन सफल भएका हुन् ।

यसअघि नै सचिवालय, केन्द्रीय कमिटी, प्रदेश कमिटीको घोषणा भइसकेको छ । जिल्ला तहको एकता टुंगो लागे पनि पोलिटब्युरो कमिटी, केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट, जनवर्गीय संगठन र स्थानीय तहको एकता भने अझै टुंगो लागेको छैन ।

७७ जिल्ला कमिटीमध्ये ४२ तात्कालीन एमाले र ३५ माओवादी केन्द्रले नेतृत्व लिने सहमति भएको छ । एमालेले अध्यक्ष पाउने जिल्लामा माओवादीले सचिव र माओवादीले अध्यक्ष पाउने जिल्लामा एमालेले सचिव पाउने सहमति भएको छ ।

जस अनुसार काभ्रेको अध्यक्षमा माअाेवादीकी रूकु चाैलागाईं र सचिवमा एमालेका टाेक बहादुर वाइवाले जिम्मेवारी पाएका नेकपा नेता तथा संचार मन्त्री गाेकूल बास्काेटाले सार्वजनिक गरेका छन् ।

Loading...

Related News

विचार कुनै डग्मा हाेइन परिमार्जन गर्नुपर्छ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मदन भण्डारीले विकसित गरेका विचारलाई अझै परिमार्जन गर्दै लैजानुपर्नेमा जोड दिनु भएको छ…

लाश भेटाउने प्रत्यक्षदर्शी भन्छन्–सेनाहरुले मदन भण्डारीको लासलाई बगाउन खोजे

काठमाडौं, ३ जेठ । तत्कालीन एमालेका महासचिव रहेका मदनकुमार भण्डारी र जीवराज आश्रितको ०५० साल जेठ ३ गते आजकै दिन…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी