असिनाले अालु नष्ट, किसान मर्कामा

42 Hits

भक्तपुर, ८ बैसाख –

अविरल वर्षा र असिनापानीले गर्दा आलु जोन भक्तपुरको ८० प्रतिशत आलु नस्ट भएको छ । विगत केहि दिन देखि परेको अविरल वर्षा संगै आएको असिना पानीले चाँगुनारायण नगरपालिका वडा नम्वर ८ र ९ को ८० प्रतिशत भन्दा बढि आलु नस्ट भएको हो ।

बैशाख १ गते देखि नै परेको अविरल वर्षा सँगै आएको असिनाले जोन क्षेत्रको आलु नस्ट भएको हो । करिव दुई हजार रोपनी क्षेत्रफलमा लगाएको आलुमा नियमित परेका पानी र असिनाले चुट्दा आलुको बोट नस्ट भएसँगै आलु खेतमा नै कुहिएको छ ।

मौसमी र बेमौसमी गरि तीन बाली सम्म आलु खेती हुने उक्त क्षेत्रमा खेतमा नै आलु नस्ट हुँदा बेमौसमी आलुको लागि विउ नै अभाव हुने भएको छ ।
प्रति हेक्टर २५ टन आलु उत्पादन हुने क्षेत्रको ८० प्रतिशत अर्थात करिव ८० हेक्टर क्षेत्रफलको नै आलु नस्ट हुँदा किसानलाई करोडौंको क्षति भएको प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना आलु जोनका प्रमुख द्रोण राज काफ्लेले बताए ।

उनका अनुसार अव पनि नियमित नै यसै गरि पानी अनी केहि समयका लागि चर्को घाम लाग्ने हो भने जोन क्षेत्रको आलु अझ बढि नस्ट हुने उनी बताउँछन् ।
आलुको बोट असिनाले चुटेको छ खन्ने बेला भएको आलुमा लागेका दाना पनि नियमित परेका पानीले र अहिलेको घामले गर्दा कुहिने सम्भावना अझ बढेको उनी बताउँछन् । राजधानीमा खबर छ ।

Loading...

Related News

कृषियोग्य जमीनमा ८० प्रतिशत कर छुट !

नवलपरासी, ४ मङ्सिर । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले कृषियोग्य जमीनमा लगाउँदै आएको करमा ८० प्रतिशत छुट दिने भएको छ ।…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी