विवाहमा २१ विषालु सर्प दाईजाे दिनुपर्ने

53 Hits

काठमाडौं, ७ वैशाख । विवाहमा लाखाैं नगद र गरगहना दाईजाे दिएकाे र नदिए विवाह समेत राेकीएका समाचार त पढेकाे वा सुनेकाे नै हाे तर यहाँ यस्तो अनाैठाे समाचार पस्कँदैछाैं ।

छोरीको विवाह गरेर दाइजोको रुपमा सर्प दिइन्छ भन्दा अचम्म लाग्छ तर यो सत्य हो ।

भारतको मध्यप्रदेश बसिआएका सपेरिया (सर्प नचाउने) समुदायमा दाइजोको रुपमा २१ वटा विषालु सर्प दिने गरेका छन् । यो परम्परा सदियौँदेखि चल्दै आएको छ । विवाहमा दाइजोको रुपमा रुपैयाँ, पैसा, गाडी दिनु दिनु त सामान्य रुपमा हामीले सुनेका छौँ ।

तर, सपेरिया समुदायमा अनौठो दाइजो दिन चलन छ । यहाँ दाइजोका रुपमा २१ विषालु सर्प दिइन्छ । सर्प दाइजो दिएन भने वैवाहिक सम्बन्ध छिट्टै टुट्छ भन्ने मान्याता छ । भनिन्छ केटीको विवाह पक्का भएपछि उसको परिवारका सदस्यले सर्प समात्न सुरु गर्छन् ।

यस समुदायका बच्चाहरु सर्पदेखि डराउँदैनन्। बरु सर्पसँगै खेलिरहेका देखिन्छन् । खासगरी यो समुदायको पेशा सर्प समात्ने हो । यी समुदायका मान्छेहरु अरुलाई सर्प देखाएर पैसा कमाउँछन् । – नागरिक दैनिक ।

Loading...

Related News

अचम्म ! तालले आफैं रंग फेरेर गुलाबी बनेपछि…..

काठमाडौं, १५ चैत । अष्ट्रेलियामा एक तालमा रहेको पानी एकाएक गुलाबी रंगको बनेपछि हेर्न आउने पर्यटकको घुइँचो थपिएको छ ।…

१२ देशमा एउटै जाेडीकाे १२ पटक बिहे

एजेन्सी, फागुन – तपाईंले एउटा जाेडीकाे एकपटक भन्दा बढी चाेटी बिहे भएकाे देख्नुभएकाे छ ? कि सुन्नुभएकाे छ ? यदि…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी