आज नेविसंघको स्थापना दिवस : के गर्यो नेविसंघले ?

72 Hits

काठमाडौं, ६ बैसाख ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ जन्मेको आज ४९ वर्ष भएको छ । यस अवसरमा नेविसंघले आज देशभर विभिन्न कार्यक्रम गरी स्थापनाको स्वर्ण जयन्ती मनाउन लागेको छ ।

विसं २०२७ वैशाख ६ गते काठमाडौंंको स्वयम्भूस्थित सत्तलमा नेता कृष्णप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा नेविसंघको स्थापना भएको थियो ।

स्वर्ण जयन्तीको अवसरमा नेविसङ्घ निवर्तमान केन्द्रीय समितिले ‘वर्तमान परिस्थिति र नेपाल विद्यार्थी सङ्घको भूमिका’ खुला बहस कार्यक्रम आयोजना गरेको छ ।

नेविसङ्घ काठमाडौंले पनि पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा उपत्यकास्तरीय शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।

नेविसङ्घका विभिन्न जिल्ला समितिले पनि आफ्नो स्थापना दिवस भव्यताका साथ मनाउन लागेका छन् ।

नेविसङ्घको स्वर्ण जयन्ती केन्द्रीय समिति नभएको अवस्थामा स्वर्ण जयन्ती परेकोले दुःखदका साथ मनाउनुपरेको नेविसङ्घका निवर्तमान उपाध्यक्ष रामप्रसाद अधिकारीले गुनासो गरे ।

नेविसंघको वर्तमान नेतृत्वले राजीनामा दिएसँगै नेविसङ्घ केन्द्रीय समिति अहिले नेतृत्वविहीन बन्न पुगेको छ ।

Loading...

Related News

सरकारसँग डराएर सभामुखले बैठक रोके – देउवा

काठमाडौं, ३० असार । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले साउन ८ गतेसम्म प्रतिनिधिसभा बैठक स्थगित गरिएकोमा आपत्ति जनाएको छ ।…

नेपाली कांग्रेसले दियो सरकार र विप्लवलाई यस्ता सुझाव

काठमाडौं, २६ असार । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सरकार र विद्रोही मार्गमा लागेको नेत्र विक्रम चन्द विप्लव समुहलाई गम्भीर…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का