डा. डीआर उपाध्यायका ‘सोध्न तिमी आफैँसँग…’ सार्वजनिक

68 Hits

काठमाडौं, ४ बैसाख ।

डा. डीआर उपाध्यायको नया गीत ‘सोध्न तिमी आफैँसँग…’ सार्वजनिक भएको छ । बुलु मुकारुङको सङ्गीत उदय सोताङको स्वर, नोर्बु शेर्पाको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

सुभाष प्रधानले निर्देशन गरेको गीतको भिडियोमा विशाल थापा, दीपिका थापा र निर्मल न्यौपानेलाई फिचरिङ गरिएको छ । प्रेम लामाले छायाँकन गरेको गीतको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ ।
साहित्यकार तथा गीतकार डा. डीआर उपाध्यायले केही समयअघि नेपाली एल्बम प्रकाशनमा एकैपटक सबैभन्दा धेरै एल्बम निकालेर नयाँ रेकर्ड राखेका थिए ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेको हातबाट एकैपटक सात एल्बम विमोचन गरिएको थियो । यो विषयलाई सम्बोधन गर्दै उनलाई मिराकल्स वल्र्ड रेकर्ड र एभरेष्ट वल्र्ड रेकर्डको पनि प्रमाणपत्र प्रदान गरिएको छ  ।
डी. आरको उपन्यास ‘दगाबाज’सहित एल्बम ‘जखम’, ‘माउन्टेन मेलोडी’, ‘नसालु नजर’, ‘जोहो’, ‘अन्तराप’, ‘प्रतिनाद’ र ‘सहेली’ विमोचन केही महिना अघि राष्ट्रिय नाचघर, जमलमा गरिएको थियो  । एल्बममा समावेश भएका ४० भन्दा बढी गीतमा सन्तोष श्रेष्ठ, सागर अधिकारी ‘शरद’ र बुलु मुकारुङको सङ्गीत रहेको छ भने देशका प्रायः ख्यातिप्राप्त सबै गायक–गायिकाहरुको स्वर रहेको छ ।

उपाध्यायका यसअघि ‘अतिरिक्त’, ‘भाग्यचक्र’, ‘स्वार्थी’, ‘त्यागी’, ‘बज्रघात’, ‘अपवित्र छायाँ’ र ‘बिटुली’ जस्ता उपन्यास पाठकमाझ आइसकेका छन् ।

पद्मदीप स्मृति प्रतिष्ठानको आयोजनामा डी.आरका गीति एल्बमका बारेमा देशका सात प्रदेशस्तरमा पनि लोकार्पण र समीक्षा तथा जिल्लास्तरको साहित्य अनि सङ्गीतको बारेमा छलफल गर्न अभियान चलाइएको थियो । ती कृतिहरुको लोकार्पण नेपाल बाहिर सिक्किममा समेत गरिएको थियो ।

Loading...

Related News

सारेगम च्याम्प्समा आयुस र प्रितमले जिते सबैको मन, कसरी पुगे उनीहरु त्यहाँ ?

काठमाडौं, १४ बैसाख । भारतीय टेलिभिजन च्यानल जी टीभीको बाल रियालिटी शो सारेगमप लिटिल च्याम्प्स अन्तर्गत सन् २०१९ को संस्करणमा…

यनिस र दिलास्था बने किड्स एण्ड टिन फेशन मोडल

भक्तपुर, वैशाख ९ । भक्तपुर सल्लाघारिको भक्तपुर बयान्क्वेटमा किड्स एण्ड टिन फेशन मोडल २०१९, भक्तपुर सम्पन्न भएको छ । ड्रिम…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी