लमजुङमा लागु औषध सहित दुईजना पक्राउ

70 Hits


लमजुङ १७ चैत-
जिल्ला प्रहरी कार्यालय लमजुङले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले गस्तीका क्रममा बेसीशसहर नगरपालिका ८ बस्ने बस्ने वर्ष २७ का सुनिल दनाई र बेसीशहर नगरपालिका वडा नं. ७ बस्ने बर्ष २१ का दिनेश तामाङलाई पक्राउ गरेको हो । दनाईलाई सुन्दरबजार नगरपालिका ३ च्यानपाटा र तामाङलाई बेसीशहर नगरपालिका वडा नं. २ वाह्रबिसेबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


दनाइको साथबाट नुफीन ८३ थान, फेनारगन ८३ थान र डाइजोपाम ८३ थान र ११ हजार ५ सय ८० नगद वरामद गरेको छ भने निज सवार बा ४४ प २३१४ नम्बरको मोटरसाइकल बरामद गरिएको प्रहरी निरिक्षक वसन्त पाण्डेले बताए ।

त्यस्तै तामाङको साथबाट डाइजापाम ३७ थान,आइपिपिएल ३७ थान, प्रोमेथाजिन ३७ र १ थान सिरिन्ज बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैजनालाई थप अनुसन्धान गरी कारवाहि अघि बढाईने प्रहरी नायव उपरिक्षक यादव ढकालले बताए ।

जिल्ला अदालत लमजुङबाट दनाईलाई ७ दिन र तामाङलाई १० दिन म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मुद्धाफाटका प्रहरी जवान दिपक गीरीले जानकारी दिए ।

Loading...

Related News

काठमाडौंमा युवतीमाथि ‘सिरिन्ज’ आक्रमण

काठमाडौं- पछिल्लो डेढ महिनामा काठमाडौंको डल्लु क्षेत्रमा चार युवतीमाथि ‘सिरिन्ज’ आक्रमण भएको छ । एउटा घटना डेढ महिनाअघि भए पनि पछिल्ला…

दुई परिवारका नौ जनाको सामुहिक हत्या, तालीमप्राप्त कुकुरद्वारा अनुसन्धान जारी

पाँचथर, ७ जेठ । पाँचथरमा ९ जनाको विभत्स हत्या भएको छ । जिल्लाको मिक्लाजुङ गाउँपालिका ३, आरुबोटे भन्ने स्थानमा गएराति…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी