सावधान ! ज्यानमारा बन्यो PUBG, ४५ दिन खेल्दा गयो युवकको ज्यान

123 Hits

काठमाडौं, १३ चैत ।
युवा र विद्यार्थीहरुबीच लोकप्रीय बन्दै गएको ‘पबजी’ खेल अन्ततः ‘ज्यानमारा गेम’को रुपमा परिणत भएको छ । भारतमा लगातार ४५ दिन ‘PUBG’ खेल खेल्दा एक युवकको ज्यान गएको छ । भारतको तेलंगाना राज्यका जगतियाल शहरका २० वर्षीय एक युवकको लगातार पबजी खेल्दा ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

रिपोर्ट अनुसार उनी ४५ दिनदेखि लगातार ‘पबजी’ गेम खेलिरहेका थिए जसका कारण उनको गर्धन निकै दुख्न थाल्यो । त्यसपछि उनलाई हैदराबादको अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा अस्पतालमा नै ती युवकको ज्यान गएको हो ।

उनको उपचारमा संलग्न डाक्टरहरुले लगातार ४५ दिनसम्म गेम खेलिरहेकाले उनको गर्धनको नसा चुडिएको बताएका छन् । पबजी गेममाथि प्रतिबन्ध लगाउनुपर्ने भन्दै विद्यार्थीका अभिभावकहरुले भारतमा चर्को माग गरिरहेका छन् ।

पबजी खेलको चर्को विरोधपछि यो अनलाइन गेम निर्माता पबजी कर्पोरेशनले गेम खेल्न चाहानेले दैनिक ६ घण्टामात्र पबजी खेल्न पाउने व्यवस्था गरेको छ ।

उक्त फिचर अनुसार प्लेयर्सलाई पबजी खेलेको ४ घण्टापछि हेल्थ नोटिफिकेसन दिनेछ भने त्यसको २ घण्टापछि प्लेयरको गेम अटोमेटिक लग आउट हुनेछ ।

अनलाइन भिडियो गेम ‘पबजी’ खेलको समस्यालाई लिएर विश्वभर विरोध भैरहेको छ । तर पनि पबजी खेल खेल्ने मानिसको संख्यामा कमी आएको छैन । नेपालमा पनि यो खेलले युवा विद्याथीृहरु लठ्ठ परिरहेको बेला आएको यस्ता समाचारप्रति सरकारी निकायको प्रभावकारी अनुगमन र चेतावनी आवश्यक देखिएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का