पेन्टागनले दिने भयो ट्रम्पलाई १ विलियन डलर सहयोग

50 Hits

काठमाडौं, १२ चैत ।

विश्व शक्ति राष्ट्र अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको मेक्सीको सिमामा पर्खाल लगाउने योजनालाई आफ्नै सांसदहरुले साथ नदिएपछि अप्ठ्यारोमा परेका बेला पेन्टागष्ले साथ दिने बताएको छ ।
संयुक्त राज्य अमेरिकाको रक्षा विभागको मुख्यालय पेन्टागनले अमेरिका–मेक्सिको सीमामा पर्खाल लगाउनका लागि एक बिलियन अमेरिकी डलर दिन मञ्जुरी दिएको छ ।

राष्ट्रिय सुरक्षालाई ध्यानमा राख्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–मेक्सिको सीमामा पर्खाल लगाउने माग राख्दै आएका थिए । राष्ट्रपति ट्रम्पले अमेरिकामा आपराधिक क्रियाकलाप रोक्नका लागि पनि भौतिक अवरोधको आवश्यकता भएको बताउँदै आएका छन् । तर उनका आलोचकहरुले भने ट्रम्पले आपतकालमा सीमाको निर्माण गरेको आरोप लगाउँदै आएका छन् ।

अमेरिकी आर्मी कोर अफ इञ्जिनियर्सको कमाण्डरलाई होमल्याण्ड सुरक्षा र सीमा शुल्क तथा सीमा गस्ती विभागको मद्दत गर्नको लागि एक अर्ब अमेरिकी डलरको राशी खर्च गर्ने योजना सुरु गरेको पेन्टागनले जनाएको छ ।

होमल्याण्ड सुरक्षा विभागले पेन्टागनलाई ९२ किलोमिटरसम्मको ५ ५ मिटर अग्लो पर्खाल बनाउन, सडक सुधार गर्न र प्रकाशको व्यवस्था गर्नको लागि भनेको बीबीसीले उल्लेख गरेको छ ।

Loading...

Related News

डोनाल्ड ट्रम्पले गरे अमेरिकामा राष्ट्रिय संकटकालको घोषणा

काठमाडाैं, २ जेठ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय संकटकालको घोषणा गरेका छन् । उनले विदेशी साइबर हमलाको स्थितीमा अमेरिकी कम्प्युटरलाई…

ट्रम्पको घोषणाका विपक्षमा मतदान, ट्रम्प भन्छन् -भिटो लगाउँछु

न्युयोर्क, ३० फागुन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको घोष्णाका विपक्षमा माथिल्लो सदनमा मतदान भएको छ । संसदको माथिल्लो…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी