उर्जामन्त्रीले गरे प्रत्येक महिना आयोजना स्थलमै बैठक बस्ने निर्णय

62 Hits

काठमाडौं, १० चैत ।
उर्जा मन्त्री वर्षमान पुन अनन्तले राष्ट्रिय गौरबका आयोजनामा देखिएका समस्या समाधान गर्न प्रत्येक महिना आयोजना स्थलमै बैठक राख्ने निर्णय गरेका छन् ।

स्वदेशी लगानीमा दोलखामा निर्धाणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको काम नयाँ तालिकाअनुसार सम्पन्न गर्न हरेक महिना आयोजनास्थलमै उच्चस्तरीय बैठक बस्ने भएको हो । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन, राष्ट्रिय योजना आयोगका सदस्य (ऊर्जा हेर्ने) कृष्णप्रसाद ओली र प्राधिकरणका कार्यकारी निर्देशक घिसिङसहितको टोलीले शुक्रबार र शनिबार निर्माण प्रगतिको स्थलगत निरीक्षण गरेको थियो ।

त्यस लगत्तै मन्त्री पुनले हरेक महिना आयोजनास्थलमै उच्च स्तरीय बैठक राख्न निर्देशन दिएका थिए । प्राधिकरणका कार्यकारी निर्देशक एवं आयोजनाको प्रवद्र्धक कम्पनी माथिल्लो तामाकोसी हाइड्रोपावर लिमिटेडका अध्यक्ष कुलमान घिसिङले हरेक महिना आयोजनास्थल पुगेर निर्माणमा खटिएका आयोजनाको व्यवस्थापन, ठेकेदार कम्पनीहरु र परामर्शदाता कम्पनीका प्रतिनिधिसँग बैठक गर्ने छन् ।

बैठकमा निर्माणमा देखिएका समस्यामाथि छलफल गरी आयोजनास्थलमै समाधान गरिनेछ । टोलीले निर्माणाधीन भौतिक संरचनाको निरीक्षण गरी आयोजना व्यवस्थापन, ठेकेदार कम्पनीहरु र परामर्शदाता कम्पनीका प्रतिनिधिसँग निर्माण प्रगति,नयाँ कार्यतालिका अनुसार काम सक्न देखिएका समस्या तथा चुनौती, समाधानका उपाय लगायतका विषयमा छलफल गरेको थियो ।

आन्तरिक विद्युत् उत्पादनबाट मुलुकको ऊर्जा संकट समाधानका लागि महत्वपूर्ण मानिएको राष्ट्रिय गौरबको आयोजनाकोे पछिल्लो अवस्थाको निर्माण प्रगति, निर्माणमा देखिएका समस्या, चुनौती र त्यसको समाधानका उपायका बारेमा जानकारी लिन उच्चस्तरीय टोली आयोजनास्थल पुगेको हो । ठेकेदार कम्पनीले तोकिएकै समयमा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए ।

माथिल्लो तामाकोसी समयमै सम्पन्न भएमा मुलुकको अर्थतन्त्रमै गुणात्मक परिवर्तन आउनले उल्लेख गर्दै पूर्व अर्थमन्त्रीसमेत रहेका मन्त्री पुनले आयोजना अहिले तय गरिएको समयतालिका अगाडि नै सम्पन्न गर्न निर्देशन दिएको समाचार ।

Loading...

Related News

माथिल्लो त्रिशुली–३ ‘बी’ को शेयर : प्रधानमन्त्री र उर्जामन्त्रीलाई २०/२० कित्ता

काठमाडौं, १४ चैत । माथिल्लो त्रिशुली–३ ‘बी’ जलविद्युत आयोजनाको शेयर वितरण गरिएको छ । सरकारले घोषणा गरेको जनताको जलविद्युत आयोजना…

बंगलादेशी राजदूतले भनिन् -नेपालमा लगानी गर्न इच्छुक छौं

काठमाडौं, १२ चैत । बंगलादेशकी राजदूत मस्फी विन्ते सम्सले बंगलादेश सरकार नेपालमा लगानी गर्न इच्छुक रहेको बताएकी छिन् । उर्जा,जलस्रोत…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी