आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता चैतको अन्तिममा : यस्तो छ तयारी

109 Hits

–भेषराज बस्नेत

रासस, ९ चैत –
प्रदेश नं ५ मा आयोजना हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको मिति औपचारिक रूपमा घोषणा नभए पनि खेल हुने स्थानको टुङ्गो लागेको छ ।

प्रतियोगितामा समावेश कूल ३८ खेलमध्ये १५ विधाका खेल बाँकेमा हुने मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समिति प्रदेश नं ५ का अध्यक्ष भीम ओलीले जानकारी दिनुभयो । ओलीका अनुसार १५ मध्ये १० खेल नेपालगञ्जमा हुनेछन् ।

नेपालगञ्जमा फुटबल, हेन्डबल, सुटिङ, भारोत्तोलन, स्विमिङ, तेक्वान्दो, टेबुलटेनिस, आर्चरी, पुरुष हक्की, चेस र जुडो प्रतियोगिता हुने भएको छ । बाँकेको कोहलपुरमा पुरुष क्रिकेट र साइक्लिङ खेल हुने भएको छ भने, खजुराको शुक्र माविमा महिला–पुरुष भलिबल र हक्की तथा ज्ञानोदय माविमा बक्सिङ प्रतियोगिता हुने पक्का भएको अध्यक्ष ओलीले बताउनुभयो ।

उहाँले बर्दियाको गुलरियामा सेपाकटाक्रो, भुरीगाउँमा खो–खो र बाँसगढीमा महिला–पुरुष कबड्डी प्रतियोगिता हुने जानकारी दिनुभयो । कपिलवस्तुमा कुस्ती, दाङको घोराहीमा बास्केटबल, ब्याडमिन्टन, बेलझुण्डीमा एथलेटिक्स, महिला फुटबल, तुलसीपुरमा कराते र उसु खेल हुने प्रस्तावअनुसार काम भइरहेको छ ।

ओलीका अनुसार, रुपन्देहीको बुटवलमा लङटेनिस र शारीरिक सुगठन प्रतियोगिताका लागि प्रस्ताव गरिएको छ । एक÷दुई स्थानमा बाहेक अधिकांश प्रस्ताव गरिएको स्थानमा नै प्रतियोगिता हुने उहाँले बताउनुभयो । तयारी तीव्र चैतको अन्तिम साता सम्पन्न गर्ने गरी आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको नेपालगञ्जमा तयारीलाई तीव्र पारिएको छ । प्रतियोगिताको उद्घाटनस्थल नेपालगञ्ज रङ्शालामा दुबो लगाउने र प्याराफिट निर्माणकार्य धमाधम भइरहेको मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समिति प्रदेश नं ५ का अध्यक्ष ओलीले जानकारी दिनुभयो ।

नेपालगञ्ज रङ्गशालामा अहिले विशिष्ट पाहुना बस्ने प्याराफिट जडानको तयारी भइरहेको छ । चीनबाट भारतको कोलकता बन्दरगाह हुँदै आएको पाँच मालबाहक गाडी नेपालगञ्ज भन्सार आइपुगेकाले अब छिट्टै जडानकार्य शुरु हुने अध्यक्ष वलीले बताउनुभयो । विशिष्ट अतिथि प्याराफिटको सामान नआउँदा आठौँ राष्ट्रिय खेलकूदको औपचारिक मिति तोक्न ढिलाइ भएको राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले बताउँदै आउनुभएको छ ।

Loading...

Related News

आइसिसी टी–ट्वान्टीमा मलेसियामाथि नेपालको जित

काठमाडौं, २९ असार – आइसिसी टी–ट्वान्टी विश्वकप एशिया छनोटको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले आइतबारको मलेसिया विरुद्धको दोस्रो खेलमा छ…

पाकिस्तान र न्युजिल्याण्डको भिडन्त : कसले मार्ला बाजी ?

काठमाडौं, ११ असार- इंग्ल्याण्डमा जारी विश्वकप क्रिकेट अन्तर्गत आज बुधबार पाकिस्तान र न्युजिल्यान्डबीच भिषण भिडन्त हुँदैछ । पाकिस्तानलाई हराएको खण्डमा…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का