चिन : खुलापन र विकासका ४ दशक

79 Hits

बितेका चार दसकमा चीनले हासिल गरेका सफलताले चिनियाँ जनताको जीवनमा सकारात्मक परिवर्तन ल्यायो र चीनले संसारको भूराजनीतिमा पुनः केन्द्रीय स्थान हासिल ग-यो ।

यस्तो परिस्थितिमा तङको सुधार र खुलापन नीतिको चालिसौं वर्षगाँठ मनाउने एउटा तरिका हाम्रो समयका केही महत्वपूर्ण प्रश्नको उत्तर दिने प्रयास गर्ने हुनसक्छ । के प्राचीन गैर–पश्चिमा सम्भ्यताको पुनःउदय ध्वंसकारी होला ? अथवा यसले चीन र पश्चिमा विश्वबीच इमान्दार सहकार्यमा आधारित सम्बन्धको नयाँ अन्तर्राष्ट्रिय व्यवस्था स्थापना गर्छ?

वास्तवमा यी दुई सम्भावनाभन्दा तेस्रो सम्भावना अझ प्रबल देखिन्छ । विवाद र तनाव पनि भएको तर त्यस्ता समस्या सहमति र विविध तहको समझदारीमा आधारित मूलतः शान्तिपूर्ण सहअस्तित्वको सम्बन्ध नै चीन र पश्चिमा विश्वबीच सम्बन्धको आगामी दिशा हो । 

द्वन्द्वलाई उपेक्षा गर्न सकिन्न 

चीन र पश्चिमा विश्वबीचको द्वन्द्व चरम अवस्था पुग्ने सम्भावनालाई पूर्णतः अस्वीकार नै गर्न भने सकिन्न । विविध कारणवश पश्चिमा देशहरू र चीन त्यस्ता दुःखद् घटनाको सुरूवाती कारण बन्न सक्छन्। 

अहिले विश्व व्यवस्थामा शक्ति वितरणको नयाँ क्रम शुरु भएको छ । यो सन्दर्भमा पश्चिमा देशका अनुदारवादी शक्तिहरु आफ्नो वर्चस्व कायम राखिरहन चीनसँग द्वन्द्वमा जान सक्छन् । विश्व व्यवस्थामा आफ्नो पभुत्व गुम्ने डरले पश्चिमा विश्वले चाल्ने कदमले विश्वमा अनावश्यक विवाद निम्याउनेछ । यसले संरा अमेरिका र चीनबीच रणनीतिक दुश्मनी बढाउने खतरा बढाएको छ। 

चीनका केही मानिसले सामाजिक स्थायित्व र आन्तरिक समन्ज्यस्ता कायम राख्न राष्ट्रवादी कार्ड प्रयोग गर्न सक्छन् । तर अनेकौं चुनौतीका बीच पनि चिनियाँ अर्थतन्त्र अहिले पनि प्रतिवर्ष ६.५ प्रतिशतभन्दा बढीका दरले उक्लिरहेको यथार्थ बिर्सनहुँदैन। व्यापक स्तरको व्यवसायिकता, अनुसन्धानकेन्द्रित भावना र चिनिया“ कम्पनीहरूको विश्वव्यापिकरणले संसारकै सबभन्दा बढी जनसङ्ख्या भएको देश चीन परिमाणात्मक वृद्धिबाट थप गुणात्मक वृद्धि तर्फ र दिगो विकासको चरणमा प्रवेश गरिसकेको छ। 

चीनमा राष्ट्रवादी विचार बलियो हुनुको अर्थ चीन आक्रामक बन्छ भन्ने भने होइन । किनभने इतिहासमै सैन्यवाद वा विस्तारवाद कहिल्यै पनि चीनको मुख्य विशेषता बनेनन् । 

इतिहासको लामो कालखण्डको परख गर्दा थाहा लाग्छ, चीन वास्तवमा कहिल्यै पनि विघटनको तहमा पुगेन । आफ्ना वरपरका छिमेकका लागि चीनले आफ्नो ढोका मुस्किलले बन्द ग-यो । तङको सुधार र खुलापनको नीति पनि अरूबाट अलग हुने खतराबाट बच्ने बुझाईको परिणाम थियो । 

चीनको पुनःउदयले निम्त्याउने अर्को सम्भावना यसले निम्त्याउन सक्ने चीन र पश्चिमा विश्वबीचको वैरभाव हो । तर अफिम युद्धपछिको एक सय वर्ष लामो अपमानपूर्ण कालखण्डको इतिहास फर्केर हेर्दा चीनले पश्चिमा देशहरू वा जापानलाई निशाना बनाएर कुनै बदलाभावले प्रेरित राजनीतिक प्रचारबाजी कहिल्यै गरेको छैन । 

औद्योगिक क्रान्तिपछिको आफ्नो पीडादायी सीमान्तकरणका लागि चीनले कसैलाई दोष दिएको छैन । चीनले कसैमाथि दोष थोपरेर नभई आफैंलाई सुधार गरेर पुनःउदयको बाटोमा अघि बढेको छ । तङले जोड दिएको सुधारले यही तथ्यलाई अभिव्यक्त गरेको छ । 

चीन संसारको परिर्वतनबारे सचेत छ

चीन र पश्चिमा विश्वबीचको द्वन्द्वात्मक सम्बन्धबारे छलफल गर्दा चीन शान्तिपूर्ण उदयको रणनीतिमा रहेको तथ्यलाई भुल्नु हुन्न । बेइजिङले शक्ति पुनव्र्यवस्थापनामा कुनै पनि उल्लेखनीय हेरफेर गर्दा खतरा हुनसक्ने स्वीकारेको छ । त्यसैले त्यसबाट आउनसक्ने खतरा व्यवस्थ ागर्न आफ्नो क्षमता आत्मविश्वासका साथ प्रदर्शन गरेको छ । 

चीनको लक्ष्य सान्दर्भिक बन्नु हो, प्रभुत्ववादी बन्नु होइन । विश्व मञ्चमा केन्द्रीय स्थानमा पुग्ने उसको चाहनालाई विश्वमा प्रभुत्व जमाउने वा नेतृत्व गर्ने सैनिक अर्थमा बुझ्ने गल्ती गर्नु हुन्न । 

यदि चीन र पश्चिमा देशहरूबीच वैमनस्यतापूर्ण सम्बन्ध हुने सम्भावना कम भए के भविष्यमा उनीहरूबीचको सम्बन्ध सहकार्यमूलक हुनेछ ?  

धेरै समस्याको सामनाका क्रममा पश्चिमा देश र चीनबीच उत्पादनमूलक सहकार्य हुन सक्छ भन्ने विभिन्न घटनाक्रमले पुष्टि गरिसकेका छन् । संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसन, आणविक निशस्त्रीकरणको लागि सङ्घर्ष, इरान आणविक सम्झौता, प्रतिआतंकवाद र जलवायु परिवर्तनसम्बन्धि पेरिस सम्झौता त्यसका केही उदाहरण हुन् ।

साझा चुनौतीको सामना गर्दा दुवै पक्षले सहकार्य पनि गरेका छन् भने सुरक्षा र राजनीतिक मामिलाका थुप्रै विषयको व्याख्यामा उनीहरूबीच धेरै मतभिन्नता पनि छन् । 

उत्तर एटलान्टिक सन्धी संगठन(नाटोे) र चीनको विकासक्रमका फरक–फरक पृष्ठभूमि छन् । ती दुई पक्षबीच बेलाबेला सहकार्यमूलक गतिविधि भए पनि निकट भविष्यमै नाटो र चिनियाँ जनमुक्ति सेनाबीच तत्काल कुनै सहकार्य हुने सम्भावना भने कम नै छ । 

चीन र रुसले रणनीतिक सहकार्यमा तीव्रता दिइरहेका छन् । त्यसैकारण युक्रेन संकटको बहानामा पश्चिमा शक्तिले मस्कोमाथि नाकाबन्दी थोपरेको हो । 

चीन र पश्चिमा देशबीच विश्वासको कमीले सुरक्षा क्षेत्रमा धेरै असर गरिसकेको छ । संरा अमेरिका र युरोपेली सङ्घले चीनलाई हतियार बेच्न सक्दैनन् । खासगरी दक्षिण चीन सागरमा भएको दाबी नै असहमतिको स्रोत बनेको छ । साइबरस्पेसमा उत्पन्न रणनीतिक अविश्वासले चीन र संरा अमेरिकाबीचको सम्बन्धलाई थप जटिल बनाएको छ ।  

सन् १९४९ देखि नै चिनियाँ र पश्चिमा राजनीतिक व्यवस्था सञ्चालनका वैधानिकताबारे आ–आफ्ना बुझाई र समझदारी छन् । बितेका ४० वर्षमा चीनले अभ्यास गरेको शासनप्रणालीमा कानुनी शासन क्रमशः केन्द्रीय विषय बनिरहेको छ । तर यी दुई राजनीतिक बन्दोबस्त आपसमा ठोकिने अपेक्षा भने गर्न सकिन्न । 

विशिष्ट सभ्यता सुहाउँदो सार्वभौमिकता 

चीन विशिष्ट सभ्यताको विशेषता बोकेको सार्वभौम राज्य हो । आजको चिनियाँ पुनर्जागरण पूर्ण रुपमा इतिहाससँग मात्र गाँसिएको छैन बरु यो प्राचीन सामाजिक–राजनीतिक अभ्यास र नयाँ प्रकारको शासन प्रणालीबीचको सन्तुलन हो । 
‘इतिहासको अन्त्य’ भन्ने फ्रान्सिस फुकुयामाको विचारको व्यवहारिक प्रतिवाद आजको चिनियाँ पुनर्जागरण र त्यसले विश्व व्यवस्थामा पारेको प्रभाव हो । चिनियाँ दृष्टिकोणमा आधुनिकीकरण भनेको पश्चिमीकरण होइन । 

स्यामुएल हन्टिङटनको ‘सभ्यताको द्वन्द्व’देखि फुकुयामाको ‘इतिहासको अन्त्य’ सम्मका अनेकन आरोह–अवरोहबीच आइपरेका भूराजनीतिक सहअस्तित्वको जटिलता र त्यसको समाधान नै आजको चीन र पश्चिमा देशको सम्बन्धको परिचय हो।

पश्चिम र चीन सबै विषयमा एकमत हुन सक्दैनन् । तर उनीहरूले साझा चासोका धेरै विषय पहिचान गर्न सक्छन् । संवाद र वार्ता नै साझा पहिचान पहिल्याउने माध्यम हुन् । संवादले नै आपसी मतभेद घटाउने र सहकार्य बढाउन सक्छ । 

चीनप्रति रणनीतिक अवधारणा बनाउँदा पश्चिमा देशहरुले चीन आफ्नो लामो इतिहासमा सधैँ विश्वका लागि खुला रहेको बुझ्न जरुरी छ । ताङ राजतन्त्र(६१८–९०७), सोङ वंश(९६०–१२७९), मिङ वंश(१३६८–१६४४) र अलगावको कालखण्डमा पनि चीन सधैं संसारको लागि खुला थियो । संसारका लागि चीनको ढोका कहिल्यै बन्द भएन । 

बजारको आकार, महादेशभरि चीनले बनाएको आर्थिक मूल्य, विश्वव्यापी मुद्दामा चीन र पश्चिमा देशहरूबीचको सहमति खुला चीनबाट विश्वले उठाउन सक्ने फाइदा हुन् । तर चीनको लामो ऐतिहासिक कालखण्ड पनि खुलापनको कालखण्ड थियो। 

पश्चिम र प्रगतिका पक्षधर चिनिया“ शक्ति दुवैको लागि मूल खतरा भनेको चीन फेरि पनि अलगावमा जानु हो । चीन अलग हुनु भनेको अ–भूमण्डलीकरणतिर फर्कनु हुन्छ र चिनियाँ पुनर्जागरणका प्रतिबद्धता तुहिनु हुनेछ । 

यस्तो परिस्थितिमा पश्चिमा राजनीतिक र आर्थिक नेताहरूले चिनियाँ खुलापनको उत्प्रेरकको भूमिका खेल्न आवश्यक छ । सुधार र खुलापन तङ नीतिका दुई प्रमुख पक्ष हुन् । ती दुई पक्षबीच बलियो अन्तरसम्बन्ध छ । तथापि सुधारको प्रकृति र गहिराई भने खुलापनको आकारले निर्धारण गर्दछ । 

चीन बेपर्वाह अलगावमा छैन

चीनको ऐतिहासिक परिस्थितिमा प्रतिपादन गरिएको ‘नयाँ रेशम मार्ग’ कार्यक्रममार्फत् चीनका राष्ट्रपति सी चिनफिङले संसारबाट चीनलाई अलग राख्ने अनुदारवादी शक्तिको चाहनालाई चेतावनी दिएका छन् । अनि सीले बेपर्वाह अलगावबाट अझ माथि उठ्न तङको खुलापनको नीतिलाई उचाईमा लगेका छन् । 

बेल्ट एन्ड रोड इनिसिएटिभको लागि अन्तर्राष्ट्रिय वित्तीय सहयोग संयन्त्र एसियाली पूर्वाधार लगानी बैंकको लक्ष्यमाथि शंका गरेर संरा अमेरिकाले चीनको खुलापनबाट उठाउन सकिने फाइदाबाट वञ्चित बनेको छ । सीको कूटनीतिक पहलप्रति सकारात्मक युरोपेली सङ्घले अफ्रो–युरेसियाली ध्रुवसँगै उत्पादनशीलता विकास गर्न अझ सक्रिय भूमिका खेल्न सक्छ । 

सन् १९५० को दशकमा चीनका प्रधानमन्त्री चाओ एन लाइले शान्तिपूर्ण सहअस्तित्वको कार्यक्रम अघि सारेका थिए । एक्काइसौं शताब्दीमा पश्चिमा देश र चीनबीचको सहअस्तित्व शान्तिपूर्वक मात्र होइन, आपसमा रुपान्तरणकारी हुनसक्दछ । 

आपसी रुपान्तरणकारी सहअस्तित्वका रुप धेरै थरी हुनसक्छन् । तर चीनको खुलापनको लागि युरोपेली सङ्घ उत्प्रेरक हुनसक्छ भने चीन पनि युरोपको सहकार्यका लागि शक्तिशाली उत्प्रेरक बन्न सक्छ । 

फेरिनुपर्छ युरोपेली संघ

चिनियाँ समाजको आयाममा डिजिटल क्रान्तिले ठूलो प्रभाव पारिरहेको छ । तर आजको डिजिटल चीनले युरोपलाई नयाँ आकांक्षा सहितको डिजिटल युगमा प्रवेश गर्न आग्रह गर्छ । डिजिटल वा कृत्रिम बौद्धिकता(आर्टिफिसिएल इन्टिलिजेन्स) ले सिर्जना गर्न सक्ने मूल्य असीमित हुन्छ । डिजिटल युगले बराबरीको खेल अवधारणा(जिरो सम गेम)भन्दा धेरै अघि बढेर अन्तरनिर्भरताको आयाममा अंगाल्न आमन्त्रण गर्छ । 

चीन आज बृहत् व्यापारिक क्रान्तिको सुरुवाती बिन्दुमा छ । सन् २०१५ मा चीनमा प्रत्येक एक मिनेटमा आठ वटा निजी कम्पनी स्थापना भए । प्रतिदिन १२ हजार निजी कम्पनी स्थापना भए । चीनको खुलापनको निरन्तरताले सहयोग प्राप्त, उत्साहित र सुनिश्चित गरेको पश्चिमा र चिनियाँ निजी व्यापारिक संस्थाको सम्बन्धले नयाँ विश्व अर्थतन्त्र सिर्जना गर्नुका साथै सामाजिक मूल्य मान्यताको समेत रचना ग-यो । 

पश्चिमा आधुनिकीकरणले चीनको रुपान्तरणमा सकारात्मक योगदान ग-यो तर काँचुली फेरिएको विश्वव्यापी चीनले मात्र विश्वलाई समृद्धि र विकासको अर्को चरणमा पु-याउन सक्नेछ । 

कदाचित शान्तिपूर्ण सहअस्तित्वको आधारले हामीलाई द्वन्द्वको चंगुलमा फस्नबाट जोगाउ“छ भने आपसी रुपान्तरणकारी सहअस्तित्वको बहुआयामिक अवधारणाले सहकार्यको बाटोमा अझ नजिक पु-याउनेछ । 

– गोस्सेट युरोप–चीन मञ्च(२००२) र नयाँ रेशम मार्ग कार्यक्रम(२०१५) का संस्थापक हुन् । उनको नयाँ पुस्तक ‘द स्लिपिङ जायन्ट अवेक्स’ प्रकाशनोन्मुख छ । प्रस्तुत लेख सोही पुस्तकको अंश हो ।  – नागरिकमा प्रकाशित

– चाइना डेलीबाट,अनुवादः  नीरज लवजू

Loading...

Related News

क्लिन फिड नीति : के हाे ? कसरी हुन्छ नेपाललाई नाफा ?

-लक्ष्मण हुमागाईँ – सामाजिक सञ्जाल सामयिक जनमत बुझ्ने सशक्त माध्यम बन्दै गएको छ । विश्वभर देखिएको यो लहरबाट नेपाल अछुतो…

के हाे योग ज्ञान बिज्ञान ?

-अधिवक्ता सुदर्शन जोशी (बिद्यावारिधी सोधार्थी) योग ज्ञान बिज्ञान हो । हाम्रो जिवनमा प्रत्यक पल पलको लागी यसको आबस्यकता र महत्व…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का