नेपाल र चीनबीच पारवहन सम्झौताको प्रोटोकल पारित: के छ प्राेटाेकलमा ?

74 Hits

काठमाडौं , ५ चैत –

नेपाल र चीनबीच पारवहन सम्झौताको प्रोटोकललाई मन्त्रिपरिषद्ले अनुमोदन गरेको छ । दुई देशबीच पारवहन सम्झौताको प्रोटकलमा सहमति भएको ६ महिनापछि मन्त्रिपरिषद्ले अनुमोदन गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा चीन र नेपालबीच पारवहन सम्झौता भएको थियो ।

सन् २०१६ मा पारवहन सम्झौता भए पनि त्यसको प्रोटोकलमा भने सम्झौता हुन सकेको छैन । सम्झौता भएको दुई वर्षपछि गत २२ भदौमा दुई मुलुकबीचको पारवहन सम्झौताको प्रोटोकलमा सहमति भएको छ । सोही प्रोटोकललाई मन्त्रिपरिषद्को पछिल्लो बैठकले अनुमोदन गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।  

के छ प्राेटाेकलमा ?

पारवहन सम्झौताको प्रोटोकलमा नेपालले चीनका सबै खुला बन्दरगाह प्रयोग गर्न, जुनसुकै मार्गबाट ढुवानी गर्न, सबैखाले यातायातको माध्यम प्रयोग गर्न, ६ वटा नाकाबाट पारवहन ढुवानी गर्न र सिगात्सेसम्म आफ्नै ढुवानी साधन लैजान सक्ने उल्लेख छ । तर, प्रोटोकल सहमतिमा हस्ताक्षर नहुँदा पारवहन सुविधा लिन नेपाल अझै असमर्थ रहेको हो । मन्त्रिपरिषद्ले प्रोटोकलमा हस्ताक्षर गर्न वाणिज्य सचिवलाई अख्तियारी दिएको छ । यससँगै अब प्रोटोकलमा हस्ताक्षर हुने बाटो खुलेको छ । प्रोटोकल सहमतिमा हस्ताक्षर भएपछि नेपालले चीनका बन्दरगाह प्रयोग र चीन हुँदै तेस्रो मुलुकसँग व्यापार गर्न पाउनेछ ।

के छ प्रोटोकलमा ?

प्रोटोकलमा नेपालले चीनका सबै सामुद्रिक तथा सुक्खा बन्दरगाह प्रयोग गर्न सक्ने व्यवस्था रहेको छ । तियान्जेन, सेनजे, लियानयुंगांग र झांगजियांग सामुद्रिक बन्दरगाह तथा लान्जाओ, ल्हासा र सिगात्से सुक्खा बन्दरगाह प्रयोग गर्न सकिने प्रोटोकलमा उल्लेख छ । प्रोटोकलले नेपालमा दर्ता भएका ढुवानीका साधन अनुमति लिएर सिगात्सेसम्म पारवहन ढुवानीका लागि आउन–जान सक्ने व्यवस्था पनि गरेको छ ।

नेपाली नागरिकता भएका चालकले अनुमति लिएर ढुवानी साधन सिगात्सेसम्म लैजान सक्नेछन् । चिनियाँ बन्दरगाहबाट सबैभन्दा उपयुक्त र किफायती मार्ग प्रयोग गरी नेपालको कार्गो ढुवानी गर्न सकिने भएको छ । पारवहन प्रोटोकलले नेपाल–चीनका ६ वटै नाकाबाट अन्तर्राष्ट्रिय व्यापार गर्न सकिने व्यवस्था गरेको छ । प्रोटोकलअनुसार रसुवा, कोदारी, किमाथांका, नेचुंग, यारी र ओलाङचुङगोला नाकामार्फत पारवहन ढुवानी गर्न सकिनेछ । 

Loading...

Related News

संसारलाई चकित पार्ने नयाँ विमानस्थल बनायाे चिनले (तस्वीरहरु)

काठमाडौं, १५ असार ।विश्व शक्तिका रुपमा उदाईरहेको उत्तरी छिमेकी मूलुक चिनले आज निर्माण सम्पन्न गरेको बेइजिङको नयाँ विमानस्थल संसारलार्य नै…

सञ्चालनमा अायाे खासाकाे नाका

काठमाडौं, १४ जेठ- नेपालकाे उत्तरी छिमेकी देश चिनसँग जाेड्ने तातोपानी खासा नाका अाजदेखी सञ्चालनमा अाएकाे छ ।  मंगलबार बिहान ४…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का