अपहरणमा परेकाे झुठो सूचना दिने एक पक्राउ

60 Hits

कैलाली , २६ फागुन –

आफू अपहरणमा परेको भनी घरपरिवारका सदस्यलाई झुठा सूचना दिएको अभियोगमा प्रहरीले धनगढी उपमहानगरपालिका– ५ का जगतबहादुर सिंहलाई शुक्रबार पक्राउ गरेको छ ।

निजका आफन्तले गराएको जानकारीपछि प्रहरीले गरेको अनुसन्धानका क्रममा निज सिंहले भारतको पञ्जाव गई त्यहींबाट आफू अपहरणमा परेकाले अपहरणमक्त हुन रु १५ लाख माग गरी झुठा सूचना दिएको खुलेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

धनगढीका स्थानीय व्यापारीसँग लिएको ऋणको कर्जावापत अनादर चेक दिनुपरेको र सोही कारण आफू समस्या पर्ने डरले पञ्जाव गई त्यहीँबाट घरपरिवारका सदस्यलाई फोन गरेको निजले प्रहरी समक्ष स्वीकारेका छन् । सेती अञ्चल अस्पतालको खरिदार पदमा कार्यरत सिंहले धनगढीमा आरम्भ फैन्सी नामको पसल समेत सञ्चालन गरेको जनाइएको छ ।

Loading...

Related News

दुई परिवारका नौ जनाको सामुहिक हत्या, तालीमप्राप्त कुकुरद्वारा अनुसन्धान जारी

पाँचथर, ७ जेठ । पाँचथरमा ९ जनाको विभत्स हत्या भएको छ । जिल्लाको मिक्लाजुङ गाउँपालिका ३, आरुबोटे भन्ने स्थानमा गएराति…

मरेको भन्दै खाल्डामा पुर्न लागेका शिशु सास फेरेपछि अस्पताल फिर्ता, हजुरआमा पक्राउ

चितवन, २३ वैशाख । एक शिशुको मृत्यु भएको भनी दाहसंस्कार गर्न देवघाट लगेर पुर्नका लागि खाल्डोमा राख्दा श्वासप्रश्वास गरेको देखेर…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी