सामाजिक सञ्जाल बन्द गर्ने विषयमा सरकारकाे तयारी के छ ?

82 Hits

काठमाडौं , २० फागुन –

नेपालमा दर्ता नभएका फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जाल बन्द गर्ने विषयमा कुनै तयारी नरहेको नेपाल सरकारले स्पष्ट पारेको छ ।

सूचना विभागको नाम राखेर फेसबुक र ट्वीटर जस्ता सामाजिक सञ्जाल बन्द गर्न लागेका पोस्टहरु सामाजिक सञ्जालमा आएपछि सरकारले त्यसबारे स्पष्ट पार्दै बन्द गर्ने कुनै तयारी नरहेको जनाएको छ ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले यस्ता पोस्टले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रायका सहसचिव एवम् प्रवक्ता ऋषिराम तिवारीले एक विज्ञप्ति जारी गर्दै मन्त्रालय र अन्तर्गतवाट कुनै पनि सामाजिक संजाल वन्द गर्ने सम्वन्धी सूचना प्रकाशित नभएको स्पष्ट पारेका छन् ।

‘नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय, सूचना विभागको नाम राखी फेसबुक र ट्वीटर जस्ता सामाजिक संजाल पूर्ण रुपमा बन्द गरिने जस्ता भ्रामक सूचना फेसबुक लगायतका सामाजिक संजाल प्रयोगकर्तावाट पोष्ट गरी भ्रम फैलाउन टिप्पणी समेत गरेको सम्वन्धमा यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यस मन्त्रालय र अन्तर्गतवाट कुनै पनि सामाजिक संजाल वन्द गर्ने सम्वन्धी सूचना प्रकाशित भएको छैन ।’ राजधानीमा खबर छ ।

Loading...

Related News

डिजिटल नेपाल अभियान : अाजबाट अप्टिकल फाइबर विच्छाईँदै

काठमाडौँ, ६ जेठ । देशभरका हरेक जिल्लासहित स्थानीय तहसम्म ‘नेटवर्क ब्याकबोन’ तयार गर्ने लक्ष्यकासाथ सोमबारबाट अप्टिकल फाइबर बिछ्याइँदैछ ।  सरकारी…

चिसंखुगढी बन्यो आवधिक योजना निर्माण गर्ने ओखलढुंगाको पहिलोे स्थानिय तह

काठमाडौ २ जेष्ठ ओखलढुंगा चिसंखुगढी गाउँपालिका आबाधिक बिकास योजना तर्जुमा गर्ने पहिलो स्थानिय तह बन्न सफल भएको छ । चिसंखुगढी…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी