लमजुङ्ग महोत्सव शुरु : यी हुन् मुख्य आकर्षणहरु (फागुन १९ देखि २९ सम्म)

87 Hits

लमजुङ, १९ फागुन ।
लमजुङ्ग महोत्सव शुरु भएको छ । आजदेखि शुरु भएको महोत्सव आन्तरिक पर्यट प्रवद्र्धनको लागि अत्यन्त उपयोगी मानिएको छ ।
यही फागुन १९ देखि २९ गतेसम्म आयोजना गरिएको छैंटौं लमजुङ महोत्सव–२०७५ ले लमजुङ जिल्लाको चिनारी देश विदेशमा फैलाउने मात्र नभई जिल्लाकै आर्थिक र सामाजिक विकासको क्षेत्रमा महोत्सव कोशेढुङ्गा सावित हुने बिश्वास गरिएको छ ।
स्थानीय उत्पादन, संस्कृति तथा पर्यटन स् नागरिक समृद्धिका लागि लगानीमैत्री वातावरण’ भन्ने नाराका साथ आयोजना गरिएको महोत्सवका बारेमा महत्वपपूर्ण जानकारी प्राप्त गर्न यो सामग्री उयोगी हुनेछ ।

नेपालको मध्य केन्द्रविन्दुमा अवस्थित लमजुङ जिल्ला ऐतिहासिक, धार्मिक, पर्यटकिय, आर्थिक तथा साँस्कृतिक महत्वका हिसावले प्रमुख स्थानमा रहन्छ । यसको क्षेत्रफल १ हजार ६ सय ९२ बर्गकिलोमीटर रहेको छ भने उचाई समुन्द्र सतहबाट ३ सय ८५ मिटर ९रम्घाटार० देखि ८ हजार १ सय ६५ मिटर ९मनास्लु हिमाल ० सम्म रहेको छ । सदरमुकाम बेसीशहर ८ सय मिटर उचाईमा रहेको छ । यस जिल्लाको सिमाना पूर्वमा गोरखा, पश्चिममा कास्की, दक्षिणमा तनहुँ र उत्तरमा मनाङ जिल्ला पर्दछन् ।

जिल्लामा ४ नगर र ४ गाउँपालिका गरी ८ स्थानीय तह रहेका छन । यहाँ हिमालदेखि तराई सम्मको बिषेशता जिल्ला भित्रै अनुभव गर्न सकिन्छ । गुरुङ जातिको वाहुल्यता रहेको यस जिल्लामा देशकै सस्कृति जोगाउने रितिरिवाज र परम्परा अत्याधिक पाउन सकिन्छ । नेपाललाई चिनाउने सस्कृति मध्ये दोहोरी गितको उद्गम स्थलको रुपमा यस जिल्लालाई लिइन्छ । स्व। भेडिखर्के साईला अर्थात दीर्घराज अधिकारीको ठाडो भाकाले लमजुङलाई थप चिनारी दिएको छ ।

संसारभर परिचित सुन्दर घलेगाँउ
हिमाली क्षेत्रमा पशुपालन,पहाडी क्षेत्रमा फलफूल तथा तरकारी र समतल क्षेत्रमा खेतीयोग्य भूमि रहेको छ । लमजुङ जिल्ला पर्यटकीय दृष्टिलेकोणले पनि उत्तिकै महत्वपूर्ण छ । प्रसिद्ध पर्यटनमार्ग अन्नपूर्ण पदयात्रा यस जिल्लाको सदरमुकाम वेसीशहरबाट शुरु हुन्छ । यो मार्गमा वर्षेनी १८ देखि २० हजारसम्म पर्यटकहरु आउने गरेको पाइन्छ । विगत एक दशक अघिदेखि जिल्लामा ग्रामिण पर्यटनको अवधारणा भित्रिएको छ । घलेगाँउ, घनपोखरा, भुजुङ, पसगाँउ, गिलुङ, सिउरुङ, खासुर लगायतका गाउँहरु ग्रामीण पर्यटकीय गाउँको रुपमा प्रस्तुत भई नमुनाको रुपमा चिनिदै आएका छन् । सुन्दर घलेगाँउ सार्क भिलेजका रु्पमा संसारभर परिचित बनिसकेको छ । राइनासकोट, गाँउशहर, चेपेघाट, सिन्दुरेढुङ्गा, दुधपोखरी, पुरानकोट, समेत सुन्दर पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्न अगाडी बढिरहेका छन । यहाँ रहेका दुधपोखरी, वाह्रपोखरी, मेमे पोखरी, इलमपोखरी जस्ता मनमोहक तालहरु पर्यटकीय दृष्टिकोणबाट अति नै महन्वपूर्ण मानिएका छन् ।

अन्नपूर्ण पदमार्गको प्रवेशद्धार
बेसीशहरमा रहेको तमु संग्राहलय र त्यहा स्थापना गरिएको स्वर्गिय डां हर्क गुरुङको प्रतिमा स्थापनाले जिल्लाको झनै गौरब बढाएको छ । बाहुनडाँडा र ताघ्रिङको जगतमा रहेको तातोपानी कुण्ड आर्कषक पर्यटकिय केन्द्रका रुपमा विकास भइरहेको छ । बेसीशहरबाट शुरु भई, उत्तरकन्या, घनपोखरा, भजुङ, पसगाँउ हुदै कास्कीको मिजुरे निस्कने गुरुङ सम्पदा पदमार्ग लगाएत यहाँ आधा दर्जन भन्दा बढि रमाईला पदमार्गहरु रहेका छन । लमजुङको पर्यटन क्षेत्रलाई थप उचाइ दिन पर्यटनमा आधारित उद्यम विकास सम्भाब्यता अध्ययन टोलीद्धारा विभिन्न पर्यटन पदमार्ग निर्माणको प्रस्ताव अघि सारिएको छ । लमजुङ हिमालको काखमा अवस्थित यस जिल्लामा धार्मिक रुपबाट चर्चित गाउँशहर कालिका, करापुटारमा अवस्थित इशानेश्वर महादेव, बेसीशहरको कर्पुरेश्वर महादेव, उदिपुरमा अकला र कालिका मन्दिर, बेसीशहर वजारको मध्यभागमा अवस्थित लक्ष्मीनारायण मन्दिर, सिन्दुरेमा रहेको तुर्लुङ कालिका, नेटाका मालिका मन्दिर, उत्तरकन्याको उत्तरकन्या मन्दिर र चण्डीडाँडामा अवस्थित ह्योल्सो ह्यो गुम्बा, घनपोखरा लगायतका दर्जनौ स्थानमा रहेका बौद्ध गुम्बा र अन्य विभिन्न स्थानमा रहेका मठ मन्दिर, मस्जिद र चर्चा समेत जिल्लाका अमुल्य निधी हुन् । धार्मिक र जातिय रुपमा यहाँका बासीन्दाहरु फरक फरक रहेपनिसवैले सबैको धर्म, परम्परा र संस्कृतिलाई सम्मान गर्ने राम्रो संस्कार रहेको छ ।

जलस्रोतको प्रचुर संभावना
लमजुङ जिल्लामा व्यवसायिक रुपले संचालित उद्योग–व्यवसाय न्यून रहेपनि पर्यटकिय दृष्टिकोणबाट संचालित व्यवसायहरु राम्रोसगँ ंचलेका÷फस्टाएका छन् । जलस्रोतको प्रचुर संभावना बोकेको यो जिल्लामा विद्युत उत्पादनका लागि विभिन्न आयोजना तिब्र गतिमा अघि बढिरहेका छन् । ७० मेगावाटको नेपालकैे दोस्रो ठूलो मध्य मस्र्याङदी जलविद्युत परियोजना, ४ मेगावाटको खुदी, ५ मेगावाटको सिउरी खोलाबाट उत्पादित विद्युत केन्द्रिय प्रसारण लाइनमा समेत जोडिसकेको छ । यस्तै, ४।४ मेगावाटको राँधी खोला, ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी–ए, २ मेगावाटको छ्याङ्दी, ३।३ मेगावाटको मिदिम खोलाको विद्युत पनि केन्द्रिय प्रसारण लाइनमा जोडिएको छ ।
सुपर मस्र्याङदी, तल्लो मस्र्याङदी र ङादी, दोर्दी, मिदिम, खुदी लगायतका आयोजनाबाट पनि छिटै विद्युत उत्पादन गर्ने तयारी भइरहेको छ । यसका लागि ती आयोजनाका प्रबद्र्धकहरु जुटेका छन् । जिल्लाका विभिन्न गाउँका स्थानियहरुले आफ्नै सक्रियतामा लघु जलविद्युत आयोजनाहरु निर्माण गरेका छन् । यहाँ बनेका विभिन्न जलबिद्युत आयोजनाले लमजुङबासीलाई भाग्यमानी बनाएको हो ।

कला सस्कृति र जडिबुटीमा धनी
जिल्लामा रहेका महत्वपूर्ण ऐतिहासिक, धार्मिक, सांस्कृतिक स्थल तथा कला सस्कृतिलाई जगेर्ना गर्दे अगाडी बढ्नुपर्ने अबस्था रहेको छ । लमजुङ सुन्तला, अलैची, कफी, मह, चिया जस्ता कृषि उत्पादनको लागि उर्वर थलो हो । यार्सागुम्वा, पदमाञ्चल, निरमसी, जटामसी, पाँचऔले, लोठसल्ला, कुट्की, सुगन्धवाल, जिवन्ती, पिप्ला, चिराइतो, सतुवा, कुकुर तरुल, पाखणभेद, नागबेली जस्ता महत्वपूर्ण र दुर्लभ जडिवुटीहरु समेत यँहा पाइन्छ । लमजुङ जडिबुटीको अथाह भण्डार भएपनि यसको पर्याप्त खोजी, पहिचान र व्यवसायिकीकरणतर्फ प्रभावकारी कार्य हुन सकेको छैन । लमजुङमा तल्ला बेसीटार, मध्यपहाड, उच्चपहाड र हिमाली भेगसम्म पाइने जडिबुटीहरु पाइन्छ र यसको ब्यवसायिक खेती पनि गर्न सकिन्छ । जिल्ला बिकास समिती लमजुङले आफ्नो नारामा ‘कृषि जलविद्युत, पर्यटन र पुर्वाधार, संबृद्ध र सुन्दर लमजुङको आधार’ राखेर यी क्षेत्रलाई प्रभावकारी ढंगले अगाडी बढाउन प्रयत्न गरिरहेको छ ।

हिमश्रृङखलाको धनी जिल्ला
लमजुङ हिमश्रृङखलाको धनी जिल्ला पनि हो । यहाँ मुख्य गरि मनास्लु, अन्नपूर्ण दोस्रो, मनास्लु दक्षिण, हिमालचुली, लमजुङचुली, पिक २९, बुद्ध हिमाललगायतका हिमाल रहेका छन । लमजुङमा रहेका यि हिमश्रङखलाहरुमा आरोहण गर्नको लागि महोत्सवले अहम भुमिका खेल्न सक्नेछ । पोखरामा एयर स्पोर्टको लागि भीड बढ्दै गएकोले यसको संभावित विकल्पको रुपमा लमजुङलाई लिन सकिन्छ । लमजुङको नाल्मा बाख्रेजगतस्थित शितलेस्वाँरामा अलपत्र अवस्थमा रहेको विमानस्थलको काम पुरा गरी सञ्चालनमा ल्याउन सके यसले लमजुङको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्न सक्छ । यसैगरी मस्र्याङदी, मादी लगायतका नदीमा ¥याफ्टिङ र दर्जनौ मनमोहक छाँगा र झरनाहरुमा क्यानोनिङको सम्भावना छ । क्यानोनिङका लागि लमजुङ विश्वकै उत्कृष्ट ठाउँ बन्न सक्ने यसअघि लमजुङका विभिन्न छहरा झरनाहरुमा गरिएको अभ्यासले पुष्टि गरिसकेको छ । एसिया मै पहिलोपटक उत्तरी लमजुङको ताघ्रिङ र घेर्मु गाविसमा क्यानोनिङको आयोजना गरीएको थियो । जसमा संसारका विभिन्न देशबाट २०५ जना क्यानोनरहरुले भाग लिएका थिए ।

व्यपारीक केन्द्रको रुपमा अघि बढ्दै
लमजुङ जिल्ला एउटा व्यपारीक केन्द्र पनि हो । समग्र जिल्लाको केन्द्रको रुपमा सदरमुकाम बेसीशहरले आफ्नो भूमिका खेलिरहेको छ । सुन्दरबजार, भोटेओडार, दुईपिप्ले, भोर्लेटार, रामबजार, सोतीपसल, कुन्छा, खुदी बजार, भूलभूले, ङादी, बाहुाडाँडा, घेर्मु, स्याङ्गे, जगत च्याम्चे, तीनपिप्ले, कुन्छा, चिति जस्ता व्यापारीक केन्द्र रहेका छन् । यसका अलवा मनाङमा समेत बेसीशहरबाटै खाद्यान्न लगायतका सामान ढुवानी हुने हुँदा यसको महत्व बढी छ । भोलीका दिनमा तिब्बतसंगको नाका खुल्यो भने यसको महत्व अरु बढ्ने देखिन्छ ।

आर्थिक विकासमा लउवा संघको योगदान
उद्योग व्यापार र समग्र जिल्लाको विकासको लागि लमजुङ उद्योग बाणिज्य संघ विगत ४ दशकदेखि क्रियाशिल रहेको छ । २०३२ सालमा स्थापना भएको यो संघले बेसीशहरमा आर्थिक सामाजिक क्षेत्रमा निकै काम गरिसकेको छ । संघले संचालन गरेको ‘बेसीशहर बिकास अभियान’ सरसफाईको क्षेत्रमा अत्यन्तै प्रभावकारी बनेको छ । विगतमा स्थानीय निकाय जनप्रतिनिधिविहीन रहेको अवस्थामा गाविसरनगरपालिकाले गर्नुपर्ने दायित्व संघले निर्वाह गरिरहेको थियो । छ । यसका साथै बेसीशहरको विकासको लागि संघले अरु थुप्रै काम गर्दै आएको छ ।

महोत्सव कोशेढुङ्गा सावित हुने बिश्वास
यसै सन्दर्भमा यही फागुन १९ देखि २९ गतेसम्म आयोजना गरिएको छैंटौं लमजुङ महोत्सव–२०७५ ले लमजुङ जिल्लाको चिनारी देश विदेशमा फैलाउने मात्र नभई जिल्लाकै आर्थिक र सामाजिक विकासको क्षेत्रमा महोत्सव कोशेढुङ्गा सावित हुने बिश्वास गरिएको छ । ‘स्थानीय उत्पादन, संस्कृति तथा पर्यटन स् नागरिक समृद्धिका लागि लगानीमैत्री वातावरण’ भन्ने नाराका साथ आयोजना गरिएको महोत्सव सफल पार्नु सवैको साझा दायित्व हो । महोत्सवले जिल्लाको पहिचानलाई राष्ट्रिय एंव अन्र्तराष्ट्रिय स्तरमा पु¥याउने आशा गर्न सकिन्छ । उद्योग, व्यापार, पर्यटन, कृषि, जलस्रोतको प्रवद्र्धन, कला, सीप र सांस्कृतिक सम्पदाले भरिपूर्ण लमजुङको पहिचानलाई उचो बनाउदै लमजुङको प्रतिष्ठा बढाउने बिश्वास गर्न सकिन्छ ।

Loading...

Related News

४ महिनामा ११ हजार पर्यटक पुगे मनाङ

मनाङ, २५ जेठ । अन्नपूर्ण पदमार्गमा पर्ने मनाङमा गत माघ महीनादेखि वैशाखसम्ममा १० हजार ६०७ विदेशी पर्यटक भित्रिएका छन् ।…

भैरहवा विमानस्थललाई ३ अर्ब ३४ कराेड

काठमाडौँ, जेठ ।  सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न गरी आगामी आर्थिक वर्षभित्र सञ्चालनमा ल्याउने भएको छ ।  हाल…

Comments are closed

मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६

अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी