हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाउनेहरुको श्रद्धाञ्जली कार्यक्रम टुँडिखेलमा

157 Hits

काठमाडौं, १६ फागुन ।
ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी निधन भएका माननीय मन्त्री रवीन्द्र अधिकारी सहित सातैजनाको श्रद्धाञ्जली कार्यक्रम राजधानीको टुँडिखेलमा बिहिबार अपरान्ह हुने भएको छ ।
नेकपाको सचिवालय बैठकले सो कार्यतालिका तय गरेको हो ।

मृतक सबैको शव ताप्लेजुङकबाट काठमाडौं ल्याएर शिक्षण अस्पतालमा पोष्टमार्टम गरेपछि श्रद्धाञ्जली कार्यक्रमम गर्ने कार्यसूची तय भएको हो ।

पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित सातै जनाको शव ३ बजेति श्रद्धान्जलीका लागि टुडिखेलमा राखिने भएको छ । उहाहरुको शव केही समयअघि मात्र राजधानी ल्याइएको हो ।

ताप्लेजुङबाट काठमाडौँ ल्याएर पोस्मार्टम गरिसकेपछि श्रद्धाञ्जलीका लागि राजधानीको टुुँडिखेलमा पार्थिव शरीर राखिने नेकपाले जनाएको छ । अपरान्ह ३ः०० बजेदेखि टुँडिखेलमा हुने श्रद्धाञ्जलीमा सहभागी हुन पार्टीका सबै कमरेडहरु, विभिन्न राजनीतिक दलका नेता तथा मित्रहरु, उच्चपदस्थ व्यक्तित्वहरु र आम जनसमुदाय आव्हान गरिएको नेकपाद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । मन्त्री अधिकारीको अन्तेष्टी भने भोली फागुन १७ गते उहाँको गृहनगर पोखरामा गरिनेछ ।

बालुवाटारमा सम्पन्न नेकपाको सचिवालय बैठक पश्चात जारी प्रेस विज्ञप्ति

१६ फागुन, २०७५
प्रेस विज्ञप्ति
नेपाल कम्युनिष्ट पार्टी (नेकपा), केन्द्रीय सचिवालयको आज सम्पन्न बैठकले हिजो फागुन १५ गते ताप्लेजुङ जिल्ला, फुङलिङ नगरपालिका– १०, सिस्नेभीरमा भएको एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाका सम्बन्धमा निम्नानुसार निर्णय गरेको छ –

१. बैठकले एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा हाम्रो पार्टीका केन्द्रीय कमिटी सदस्य माननीय रविन्द्रप्रसाद अधिकारी, यति एअरलाइन्सका प्रवन्ध निर्देशक तथा स्थापित पर्यटन उद्यमी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुवदास भोछिभया, प्रधानमन्त्रीे कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका चालक प्रभाकर केसी र मन्त्रीका अंगरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरेप्रति हार्दिक एवम् भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । साथै, उहाँहरुको शोकाकुल परिवार तथा आफन्तजनहरुप्रति गहिरो समवेदना प्रकट गरेको छ ।

२. बैठकले आज फागुन १६ गते देशभरका पार्टी कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । त्यसैगरी तीन दिनसम्म सबै तहका पार्टी कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेको छ ।

३. बैठकले यही फागुन २३ गते काठमाडौंमा पार्टी केन्द्रको आयोजनामा श्रद्धाञ्जलीसभा आयोजना गर्ने निर्णय गरेको छ ।
आजै ताप्लेजुङबाट काठमाडौँ ल्याएर पोस्मार्टम गरिसकेपछि श्रद्धाञ्जलीका लागि राजधानीको टुुँडिखेलमा पार्थिव शरीर राखिनेछ । हाम्रो पार्टीका सबै कमरेडहरु, विभिन्न राजनीतिक दलका नेता तथा मित्रहरु, उच्चपदस्थ व्यक्तित्वहरु र आम जनसमुदायलाई आजै अपरान्ह ३ः०० बजेदेखि टुँडिखेलमा हुने श्रद्धाञ्जलीमा सहभागी हुन हाम्रो पार्टी हार्दिक अनुरोध गर्दछ ।
माननीय मन्त्री रविन्द्र अधिकारीको अन्तेष्टी भोली फागुन १७ गते उहाँको गृहनगर पोखरामा गरिनेछ ।

४. बैठकले दुर्घटनामा परी दिवंगत भएका व्यक्तिहरुका परिवारलाई आवश्यक सहयोग गर्न नेपाल सरकारसँग अनुरोध गर्ने निर्णय गरेको छ ।

विष्णुप्रसाद पौडेल
महासचिव

Loading...

Related News

हुम्ला : कर्णालीमा खस्यो जीप, गाउँपालिका उपाध्यक्षसहित १५ बेपत्ता

काठमाडौं, ३ असार । ९ जनाको ज्यान जानेगरी बझाङमा भएको जीप दुर्घटनाको खबर सेलाउन नपाउँदै आज फेरी हुम्लाको कर्णाली नदीमा…

असार लाग्ने वित्तिकै बझाङमा जिप दुर्घटना, ९ को मृत्यु्

काठमाडौं, २ असार । असार लाग्ने वित्तिकै सुदुर पश्चिम प्रदेश अन्त्रगतको बझांग जिल्लामा भएको जिप दुर्घटनामा ९ जानको ज्यान गएको…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी