ठूलो सपना देखेर अगाडि बढौं – खानेपानी मन्त्री बिना मगर

84 Hits

काठमाडौं, फागुन ।
खानेपानी मन्त्री बिना मगरले सानो चित्त गरेर र सानो सपना देखेर सफलतामा पुग्न नसकिने बताएकी छिन् । नेपाल खानेपानी संस्थानलाई व्यावसायिक हिसाबले सशक्त र सुदृढ बनाएर लैजान निर्देशन दिँदै मन्त्री मगरले सो कुरा बताएकी हुन् ।

नेपाल खानेपानी संस्थानको ३० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्ने क्रममा मन्त्री मगरले खानेपानी संस्थानको गरिमालाई अझ उचाईमा पु(याउन नयाँ कार्ययोजना सहित अघि बढ्नुपर्ने बताईन । उनले नयाँ कार्ययोजनाका साथ अगाडि वढ्न सबैलाई आग्रह गरिन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले भनिन् “संस्थानले आफ्नो उपस्थिति बजारमा एक छत्र बनाओस् । यहाँहरु सबैले सामान्य कार्ययोजना होईन, ठूलो सपना देखेर अघि बढ्नुहोस् । संस्थानको कर्मचारी हुँ भन्नेमा गर्वानुभूति हुने गरी काम गर्नुहोस् ।”

संस्थानले आफ्नो भूमिकालाई बजारमा प्रभाव पार्ने गरी काम गर्न उनले सबैमा आग्रह पपन गरिन् । संस्थानप्रति आफू आशावादी रहेको उनको भनाई छ । संस्थानको भूमिका बढाउन मन्त्रालय सधैं तयार रहेको पनि उनले सो अवसरमा बताइन् । उनले भनिन् –‘मन्त्रालय संस्थानको योजनामा साथ दिन तयार छ वस्तुवादी योजना निर्माण गर्नुस के गर्नुपर्छ म छु ।

Loading...

Related News

मन्त्री मगरको स्वागतयोग्य काम : एसएसबीद्वारा हत्या गरिएका शहीद गौतमका तीन छोरीलाई काठमाडौंमा भर्ना

– प्रकाश सिलवाल/ काठमाडौँ, ५ जेठ- ‘यी नानीहरुलाई राम्रोसँग हेर्नुहोला’ शहीद गोविन्द गौतमका तीन छोरीलाई भर्ना गराएर खाजा खाँदै गर्दा…

अब महिला नै पानी उद्यमी : खानेपानी मन्त्रीले गराइन् महत्त्वपूर्ण सम्झौता

काठमाडौं, २५ बैसाख – स्वच्छ पिउने पानीको उद्योग सञ्चालन गरी महिलाहरुलाई उद्यमी बनाउने उद्देश्यले दक्षिण एसियाली महिला विकास मञ्च, राष्ट्रिय…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी