प्रिय रवीन्द्र ! म भित्र तिमी सधैं रहिरहनेछाै -याेगेश

131 Hits

काठमाडौं, १६ फागुन – हेलिकप्टर दुर्घटनामा बुधबार निधन भएका पर्यटन मन्त्री रवीन्द्र अधिकारीकाे सम्झनामा सहकर्मी साथी तथा नेकपा नेता याेगेश भट्टराईले अत्यन्तै भावुक शाेक बक्तव्य जारी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लामाे शाेक वक्तव्य जारी गर्दै उनले रवीन्द्र सधैंभरि अाफुभित्रै रहिरहने बताएका छन् ।

उनकाे शाेक वक्तव्य –
हिजो फाल्गुन १५ गते दिउसो साढे १ बजे तीर ताप्लेजुङ जिल्लाको फुङलिङ्ग नगरपालिका – १० सिस्नेभीरमा एआर डाईनेस्टीकको हेलिकप्टर दुर्घटनामा परी सँस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय रविन्द्र अधिकारी, हवाई उड्डयन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उप महानिर्देशक विरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुवदास भोछिभया, प्रधानमन्त्री कार्यलयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका चालक प्रभाकर के.सी. र मन्त्रीका अंगरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरेको दुःखद निधनप्रति गहिरो दुःख व्यक्त गर्दछु ।
यो दुर्घटनाबाट देशले आशालाग्दो, भरोसायोग्य, विश्वासीलो र दुरदिृष्टी भएको एक युवा राजनीतिकर्मी मेरा अत्यन्तै घनिष्ट मित्र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य रविन्द्र अधिकारीलाई गुमाउन बाध्य भएको छ । पृथ्वीनारायण क्याम्पस पोखराको मुखपत्र “माछापुछ्रे” को प्रकाशनको तयारीका शिलशिलामा २०४५ सालमा कीर्तिपुर छात्रावासमा मेरै कोठामा केहि समय रविन्द्र अधिकारी बस्नुभयो । त्यहीबाट हाम्रो चिनजान भयो । त्यहाँदेखि आजसम्म तिनदशक लामो सहयात्रामा मैले रविन्द्र अधिकारीलाई अत्यन्तै सहृदयी मित्र, सरल स्वाभावका, जनप्रिय कार्यशैली, सकरात्मक सोच, देशभक्तिपूर्ण भावना, विकासप्रेमी, दुरदृष्टी र बहुआयामीक संभावना अन्तरनिहित रहेका आत्मीय साथी, प्रिय कमरेड र हाम्रो पुस्ताको भरोसायोग्य राजनीतिक नेताका रुपमा बुझेको छु ।
राजनीतिका अत्यन्तै अप्ठयारा र अनकण्टार क्षणमा उहाँ र म सँगै बसेर सम्भावनाको खोजि गर्दथ्यौ । हामीले देखेको सपना र बनाएका योजनाको कार्यन्वयनमा उहाँको सक्रियता, गतिशिलता तथा सृजनात्मकता मेरा लागी सदैब अनुकरणीय रहे र रहिरहने छन् । पारिवारीक रुपले पनि हामी अत्यन्त निकट रह्यौ । “राजनीतिको अपराधिकरण र अपराधको राजनीतिकरण” विरुद्ध रविन्द्र अधिकारीको अभियान म र नयाँ पुस्ताका लागि प्रेरक बनिरहने छन् ।
संविधान निर्माण र संसदमा उहाँले खेल्नुभएको भुमिकाले रविन्द्र अधिकारीलाई अनुभवी र सफल विघायकका रुपमा स्थापित गरेको छ । नेपालको संसदमा उहाँको अनुपस्थिति खड्कीरहनेछ । नेपाल सरकारको मन्त्रीका रुपमा गएको एक बर्षमा उहाँको सक्रियता र जिम्मेवारी पुरा गर्ने हुटहुटीको मैले कुनै बयान गर्न सक्दिन सायद आफ्नो यात्रा छोटिदै गएको नियतिप्रति उहाँलाई संकेत थियो की ! म स्तब्ध छु । प्रिय साथी, भौतिक रुपमा गयौं तर म भित्र तिमि सधै रहिरहनेछौं ।
प्रिय बहिनी विद्या तिम्रो पिडामा म कुनै शब्दले सहानुभुती ब्यक्त गर्न सक्दिन । तिम्रो आफ्नै अनुभव, सहास र लाखौ लाख शुभचिन्तकको मायाँले तिम्रो यात्रा निरन्तर अधि बढ्ने छ । आमा÷बुवा छोराहरु, भाई÷बुहारी लगायत समस्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।
दुर्घटनामा नेपालको हवाई उड्डयन तथा पर्यटनको क्षेत्रका सुपरिचित व्यक्तित्व आङछिरिङ शेर्पा, नेपाल सरकारका कुशल प्रशासक उपसचिव युवराज दाहाल, हवाई प्राधिकरणका अनुभवि र बरिष्ठ कर्मचारी विरेन्द्रप्रसाद श्रेष्ठ, ध्रुवदास भोछिभया, युवा पाईलट प्रभाकर के.सी. र कर्तव्यनिष्ठ अंगरक्षक अर्जुन घिमिले जीवन गुमाएका छन् । म सबैप्रति भावपूर्ण श्रद्धाञ्जली र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।
दुर्घटनाको खवर पाउनासाथ घटनास्थलमा पुगेर परिस्थितीको सुचना दिने, मृतकका शवहरु संकलन गरी सुकेटार विमानस्थलमा पठाउने काममा ताप्लेजुङ जिल्ला स्थित नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरी बल, स्थानीय प्रशासन, जनप्रतिनिधि, पत्रकार, व्यवसायी तथा जनसमुदायको सहासीक कार्यको म मुक्तकण्ठले प्रशंसा गर्दछु । अनकन्टार भौगोलिक अवस्था, प्रतिकुल मौसम, रातभरीको हिमपात, बर्षा, असिना अनि भोक तिर्खाको पर्वाह नगरी उपरोक्त कार्यमा जुट्ने सुरक्षाकर्मी, राष्ट्रसेवक तथा स्थानीय जनसमुदायलाई सम्मानीत गर्न म नेपाल सरकार समक्ष माग गर्दछु । साथै अत्यन्त प्रतिकुलताका विचमा पनि आफ्नो शाहस र कौशल प्रर्दशन गर्ने नेपाली सेनाका पाईलट तथा स्टाफहरुको उच्च कदर गर्न समेत सरकारको ध्यानाकर्षण गर्दछु ।

Loading...

Related News

वाइडबडी प्रकरणमा ‘रवीन्द्र’ निर्दोष छन् : प्रधानमन्त्री ओली

काठमाडौं, १७ फागुन । प्रधानमन्त्री के पी ओलीले वाइड बडी प्रकरणमा भर्खरै दिवंगत भएका पर्यटन मन्त्री रवीन्द्र अधिकारी पुरै निर्दोष…

राजकीय सम्मानका साथ बिदा भए रवीन्द्र, शोकमा डुब्यो टुँडिखेल

काठमाडौँ, १७ फागुन–दुईदिनको धुम्मपछि खुलेको आकाश । पारिलो सूर्याेदय । आजको सूर्याेदयको तापसँगै शोकमा डुब्यो टुँडिखेल । अनि यहाँ आएका…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी