समायाेजन सकस : चिकित्सक अान्दाेलनले बिरामीले उपचार पाएनन्

82 Hits

काठमाडौँ, १६ फागुन –

सरकारी चिकित्सकहरुको आन्दोलनको कारण बुधबार सर्वसाधरणले सरकारी अस्पताल उपचार सेवा पाउन सकेनन् । कर्मचारी समायोजनको विषयलाई लिएर सरकारी चिकित्सकहरु आन्दोलित हुँदा बिरामीहरु उपचार सेवाबाटै बञ्चित हुनुपरेको हो ।

सरकारी चिकित्सकहरुले सरकारले चिकित्सकहरुलाई समायोजन गर्दा स्थानीय तह र प्रदेशमा खटाउने सरकारको निर्णयविरुद्ध आन्दोलन गर्दै आएका छन् । 
बुधबार सरकारी चिकित्सकहरुले हरेक अस्पतालमा आकस्मिक सेवा बाहेकका अन्य सेवा ठप्प पार्ने योजना अनुसार हजारौँ बिरामीहरूले ओपीडी सेवा पाउन सकेनन् । 
वीर अस्पतालमा दैनिक दुई हजार भन्दा बढी बिरामीले ओपीडी सेवा लिने गरेकोमा बुधबार एकजनाले पनि ओपीडी सेवामार्फत उपचार सेवा लिन पाएनन् । वीर अस्पतालका निर्देशक डा. भुपेन्द्रकुमार बस्नेतले ओपीडीबाट सेवा पु¥याउन नसकिएको जानकारी दिए । 
उनले आकस्मिक सेवामार्फत उपचार लिने बिरामी दैनिक १५० हुनेमा चारसयले स्वास्थ्य परीक्षण गराएका छन् । निर्देशक डा. बस्नेतले सरकारी चिकित्सकको कारण ओपीडी सेवा बन्द भएपछि आकस्मिक कक्षमा बिरामीको बढी भीड भएको बताए । 

दैनिक सय जना प्रसूति हुने थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति अस्पतालमा पनि ओपीडी सेवामार्फत एक जनाले पनि उपचार सेवा पाएनन् । थापाथली अस्पतालका निर्देशक डा. जागेश्वर गौतमले ओपीडीबाट दैनिक चारसय जनाले उपचार सेवा लिने गरेकोमा बुधबार एकजना बिरामीको पनि टिकट नकाटेको जानकारी दिए । उनले सरकारी चिकित्सकहरुले आन्दोलन स्वरुप ओपीडी सेवा बहिस्कार गरेकाले बिरामीले उपचार नपाएको बताए । यस्तै कान्तिबाल अस्पताल, शुक्रराज ट्रपिकल लगायतका अस्पतालमा पनि आकस्मिक कक्षबाट मात्र उपचार सेवा दिइएको थियो । 
सरकारी चिकित्सक सङ्घ नेपालका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले सरकारले चिकित्सकहरुलाई समायोजनमा असमान व्यवहार गरेको बताए । सरकारी चिकित्सकहरुले स्थानीय र प्रदेशमा खटाउँदा चिकित्सकहरुको वृत्ति, विकासमा अवरोध आउने, एमविविएस गरेको डाक्टर सधै त्यही पदमा रहनुपर्ने, एमडीएमएस गरे पनि स्थानीय तहमै खुम्चनुपर्ने लगायतका कारणले चिकित्सकलाई सङ्घ अतर्गत राखेर खटाउनुपर्ने माग राख्दै आएका छन् । 
स्थानीय तहमा खटिएको डाक्टर अध्ययन गरेर ठूलो अस्पतालमा आउन चाहन्छ , अध्यक्ष पाण्डेले भने ,“स्थानीय तहमा खटिएको डाक्टर स्थानीयमा मात्र रहने हुनाले चिकित्सकको समायोजन न्यायसङ्गत भएन ।” 
स्वास्थ्य राज्यमन्त्री सुरेन्द्रकुमार यादव सरकारी चिकित्सकको माग जायज भए पनि स्वास्थ्य मन्त्रालयले केही गर्न नसक्ने बताएकाेे खबर गाेेरखापत्रमा छ ।

Loading...

Related News

पेट घटाउन यसाे गर्नुस् !

काठमाडौं, ३ असार । प्रविधि तथा अन्य सुविधाका कारण मानिसहरुमा मोटोपनको समस्याले खुबै सताउन थालेको छ । भर्खरका युवाहरुको पनि…

अझै टुंगिएन स्वास्थ्यका कर्मचारीको समायोजन विवाद, कहिलेसम्म आन्दोलन ?

काठमाडौं, ३ असार निजामती कर्मचारीको प्रशासन सेवालगायत सेवामा कर्मचारी समायोजन भएको दुई महिना भइसक्दा पनि स्वास्थ्य सेवातर्फ कर्मचारी समायोजन अझै…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी