मन्त्री अधिकारीलाई राष्ट्रिय सम्मान, अाज सार्वजनिक विदा – सरकार

138 Hits

काठमाडौँ, १६ फागुन ।

बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति पर्याटन तथा नागरिक उड्यानमन्त्री रविन्द्र अधिकारीलाई राजकीय सम्मान दिइने भएको छ।

सरकारले कर्तव्य पालना र जिम्मेवारीकै सिलसिलामा रहँदा दसर्घटनामा परेकाे तथा राष्ट्रकाे विकास र समृद्धिमा अतुलनीय याेगदान गरेकाे भन्दै माननीय मन्त्री अधिकारीलाई राष्ट्रिय सम्मान दिने निर्णय गरेको हाे ।

मन्त्री सहित ७ जनाको निधन भए पछि डाकिएको आकष्मिक मन्त्रिपरिषदको बैठकले मन्त्री अधिकारीलाई राजकीय सम्मान प्रदान गर्ने निर्णय गरेको हो।

सरकारले मन्त्री अधिकारीको निधनको शोकमा आज (बिहिबार) राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। शोक मनाउनको लागि देशभर र विदेशस्थित कुटनीतिक नियोगमा सार्वजनिक विदा दिने निर्णय सरकारले गरेको छ । त्यसैगरी सरकारी र कुटनीतिक निकायमा राष्ट्रिय झण्डा अाधा झुकाउने निर्णय पनि भएकाे छ ।

Loading...

Related News

सुनको मूल्य बढेको बढ्यै, कारोबार शुन्यप्राय :

काठमाडौं, ६ असार । सुनको मुल्य लगाता बढरिहेको छ तर कारोबार भने निरन्तर ओरालो लागिरहेको छ । बुधबारदेखि सुनको मूल्यले…

गुठी विधेयक फिर्ता : आन्दोलन रोकीएन, माइतिघरमा उत्रियो मानवसागर

काठमाडौं, ४ असार । गुठी व्यवस्थापनसम्बन्धि नयाँ व्यवस्था गर्न ल्याइएको गुठी विधेयक सरकारले फिर्ता लिने निर्णय गरेपनि आन्दोलन भने रोकिएको…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी