पर्यटनमन्त्री अधिकारी चढेको हेलीकप्टर दुर्घटनामा, विस्तृत विवरण आउन बाँकी (काे काे थिए ?)

213 Hits

काठमाडौं, १५ फागुन-

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलीकप्टर दुर्घटनामा परेको छ। उनी सवार एयर डायनिस्टीको हेलीकप्टर ताप्लेजुङमा दुर्घटनामा परेको गृहसचिव प्रेमकुमार राईले जानकारी दिए।

प्राप्त जानकारी अनुसार ताप्लेजुङको बाह्रडाँडा नजिकै हेलिकप्टर खसेको बताइएको छ। हेलिकप्टर आकाशमै आगो लागेर खसेको हो वा भुईंमा झरेर आगो लागेको हो भन्नेसमेत खुलेको छैन। पर्यटन मन्त्री रविन्द्र अधिकारी र यति एरलायन्स अध्यक्ष आङछिरिङ शेर्पा सहित ६ जना सवार रहेको एअर डाइनेष्टिकको हेलिकप्टर दुर्घटनामा परेकाे हाे ।

हेलिकप्टरमा मन्त्री अधिकारीसहित एयर डाइनेस्टीका मालिक आङ छिरिङ शेर्पा, विरेन्द्र बुढाथोकी, विरेन्द्र प्रसाद श्रेष्ठ, अर्जुन घिमिरे र युवराज दाहाल सवार थिए।

हालसम्म क्षतिको विवरण अज्ञात रहेको छ। गृहसचिव प्रेम राईले राज्यव्यवस्था समितिको बैठकमा दुर्घटनाबारे जानकारी गराएका हुन्। दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।

Loading...

Related News

हुम्ला : कर्णालीमा खस्यो जीप, गाउँपालिका उपाध्यक्षसहित १५ बेपत्ता

काठमाडौं, ३ असार । ९ जनाको ज्यान जानेगरी बझाङमा भएको जीप दुर्घटनाको खबर सेलाउन नपाउँदै आज फेरी हुम्लाको कर्णाली नदीमा…

असार लाग्ने वित्तिकै बझाङमा जिप दुर्घटना, ९ को मृत्यु्

काठमाडौं, २ असार । असार लाग्ने वित्तिकै सुदुर पश्चिम प्रदेश अन्त्रगतको बझांग जिल्लामा भएको जिप दुर्घटनामा ९ जानको ज्यान गएको…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी