भारतीय सेनाका २ लडाकु जहाज खसाल्याैं – पाकिस्तान

63 Hits

काठमाडौं, १५ फागुन –

भारत र पाकिस्तान तनावपूर्ण युद्वमा हाेमिएका छन् । भारतले हिजाे पाकिस्तानी सिमा रेखाभित्रै पसेर १ हजार किलाेकाे बम हानेर ३ सय अातंककारी मारेकाे दाबी गरेपछि बढेकाे तनाव अाज सम्म अाई पुग्दा पाकिस्तानले भारतीय २ लडाकु जहाज झारेकाे दावी सम्म पुगेकाे छ ।

पाकिस्तानी सेनाले भारतीय वायु सेनाका दुई वटा लडाकु विमान खसालेको दाबी गरेकाे हाे । भारतीय पक्षले अाफ्नाे एक जहाज भारत प्रशासित कास्मिरकाे भुभागमा दुर्घटनामा परेकाे र १ पाइलट र १ काे पाइलटकाे मृत्युु भएकाे बचाईरहँदा पाकिस्तानकाे यस्तो दाबी अाएकाे हाे ।

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले ट्वीट गर्दै पाकिस्तानी वायु सेनाले पाकिस्तानी आकाशमा घुसेका दुई वटा भारतीय लडाकू विमानलाई खसालेको बताएका छन् । 

पाकिस्तानी सेनाका प्रवक्ता आसिफ गफूरले भनेका छन्, ‘आज बिहानै पाकिस्तानी वायु सेनाका आक्रमणको जवाफमा भारतीय वायु सेनाल् भारत–पाकिस्तान नियन्त्रण रेखा(एलओसी) पार गरेका थिए ।

पाकिस्तानी वायु सेनाले पाकिस्तानी एयरस्पेसभित्र प्रवेश गरेका दुई भारतीय विमान खसालेको छ । एउटा विमान स्वतन्त्र जम्मू–कश्मीरमा खसेको छ । अर्को भारत प्रशासित कश्मीरमा खसेको छ । एक जना भारतीय पाइलटलाई गिरफ्तार गरिएको छ ।’

Loading...

Related News

जनताका लागि अस्पताल बनाउन नसक्ने, भारतीय फिल्म अवार्डलाई १ अर्ब दिने ?

काठमाडौं, १५ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले सरकारले नेपालमा आयोजना हुने अन्तराष्ट्रिय भारतीय फिल्म…

भारतमा आज अन्तिम चरणको चुनाब, मतगणना बिहिबारबाट शुरु हुने

काठमाडौं, ५ जेठ । दक्षीणी छिमेकी मूलुक भारतमा लोकसभाको सातौं तथा अन्तिम चरणको मतदान भइरहेको छ । अप्रिल ११ बाट…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का