पाकिस्तानमा बम अाक्रमणमा ३०० अातंककारी मारिए – भारत, ४ रूख ढलेछन् – पाकिस्तान

117 Hits

काठमाडौं, १४ फागुन – भारत र पाकिस्तान अन्ततः विवादबाट युद्वतर्फ धकेलिएका छन् ।

काश्मिर पुलवा हमलाको बदला लिँदै भारतीय वायुसेनाले मंगलबार बिहान नियन्त्रण रेखा पार गरेर पाकिस्तान भूमिमा एक हजार किलोग्रामको बम खसालेको छ । 

मंगलबार बिहान करिब साढे तीन बजे मिराज–२००० लडाकू विमानले नियन्त्रण रेखा पार गरी पाकिस्तान प्रशासित क्षेत्र काश्मिरमा बम आक्रमण गरेको हो । १२ वटा मिराज विमानले हजार किलो बम बर्साएर चरमपन्थी क्याम्प ध्वस्त बनाएको भारतीय मिडियाले दावी गरेको छ । अाक्रमणमा अातंककारीका क्याम्प ध्वस्त भएकाे र ३०० अातंककारी मारिएकाे भन्दै भारतभर खुशी मनाईएकाे छ ।

केही दिन अघि कास्मिरको पुलवालामा जैस–ए–मोहम्मद नामको आतंकवादी समूहले विस्फोटक पदार्थले भरिएको गाडी भारतीय सुरक्षाकर्मीको गुडिरहेको गाडीमा ठोक्काउँदा ४० जनाको ज्यान गएको थियो ।

सोही हमलाको बदलामा भारतीय वायुसेनाले मंगलबार पाकिस्तानमाथि हमला गरेको हो । पाकिस्तानले मंगलबार बिहान नै भारतीय जहाज मुजाफारवादको पाकिस्तानी आकाशमा आएको र  पाकिस्तानी वायु सेवाले प्रतिकार गरेपछि फर्किएको दावी गरेको छ। पाकिस्तानले भने बम अाक्रमणबाट ४ वटा सल्लाकाे रूख मात्रै भाँचिएको दावी गर्दै भारतीय पक्षलाई खुल्ला अनुसन्धान गर्न चेतावनीसमेत दिएको छ ।

पाकिस्तानी सेनाका प्रवक्ता जनरल आसिफ गफुरले ट्वीट गर्दै भनेका छन् ‘पाकिस्तानी वायु सेवाको प्रतिकारपछि फर्किने बेलामा भारतीय जहाजले हडबडाएर बम खसालेको हो । जसबाट कुनै पनि क्षति भएको छैन ।’

उनले बीबीसीसँग ढुक्कसँग कुरा गर्दै पाकिस्तानी सेना अलर्ट रहेकाे र प्रतिकार गर्न सक्षम रहेकाे दाबी गरेका छन् । भारतीय र पाकिस्तानी दुबैका दाबीकाे स्वतन्त्र रूपले पर्यवेक्षण नहुँदासम्म क्षतीकाे यकीन हुन सक्दैन ।

Loading...

Related News

भारतमा आज अन्तिम चरणको चुनाब, मतगणना बिहिबारबाट शुरु हुने

काठमाडौं, ५ जेठ । दक्षीणी छिमेकी मूलुक भारतमा लोकसभाको सातौं तथा अन्तिम चरणको मतदान भइरहेको छ । अप्रिल ११ बाट…

सारेगम च्याम्प्समा आयुस र प्रितमले जिते सबैको मन, कसरी पुगे उनीहरु त्यहाँ ?

काठमाडौं, १४ बैसाख । भारतीय टेलिभिजन च्यानल जी टीभीको बाल रियालिटी शो सारेगमप लिटिल च्याम्प्स अन्तर्गत सन् २०१९ को संस्करणमा…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी