जमिन फिर्ताको माग गर्दै ग्रेटर नेपालले बुझायो वेलायती रक्षा राज्यमन्त्रीलाई ३ बुँदे ज्ञापन पत्र (पूर्ण पाठ)

81 Hits

काठमाडौं , फागुन –

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले नेपाल भ्रमणमा अाएका बेलायती रक्षा राज्य मन्त्रीलाई ३ बुँदे ज्ञापनपत्र बुझाएको छ । माेर्चाका अध्यक्ष फणीन्द्र नेपालकाे नेतृत्वमा लैनचौर स्थित दुतावासमा पुगेर ज्ञापनपत्र बुझाईएकाे माेर्चाले जनाएकाे छ ।

नेपालले कोषाध्यक्ष नवीना खड्का र केन्द्रीय सदस्य विष्णुजङ्ग पाण्डे सम्मिलित एक प्रतिनिधि मण्डलले लैनचौरस्थित बेलायती दूतावास गई नेपालको चार दिने भ्रमणमा रहेका ब्रिटिश रक्षा राज्यमन्त्री मार्क ल्यान्कास्टरका नाममा तीन सूत्रीय ज्ञापनपत्र बुझाएको जानकारी दिए ।

उनले विशेषगरी गाेर्खा सेना र नेपालीको विगतकाे गाैरवशाली ईतिहासकाे सम्झना तथा नेपालबाट बेलायतले लगेकाे भुभाग फिर्ताकाे माग गर्दै ज्ञापनपत्र बुझाईएकाे बताए ।


ज्ञापनपत्र यस प्रकार छ :

नेपाल भ्रमणमा रहनुभएका बेलायती रक्षा राज्यमन्त्री Mark Lancastor समक्ष ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाद्वारा प्रस्तुत ज्ञापनपत्र

माननीय रक्षा राज्यमन्त्री श्री मार्क ल्याङकास्टर संयुक्त अधिराज्य बेलायतमार्फत बेलायती राजदूतावास लैनचौर, काठमाडौं , नेपाल

माननीय मन्त्री महोदय ,

तपाईं बेलायती रक्षामन्त्री ग्याविन विलियमसनको सन्देश सहित नेपालको चार दिने भ्रमणमा अाउनुभएकोमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा हार्दिक स्वागत अभिवादन गर्दछ । तपाईं मुख्य रूपमा नेपाल – बेलायत रक्षा सम्बन्ध र भूतपूर्व गोर्खा सैनिकका विषयमा छलफल गर्न अाउनुभएको भए पनि इतिहासमा बेलायत पक्ष रहेको विषयमा तपाईं मार्फत बेलायत सरकार समक्ष यो तीन बुँदे ज्ञापनपत्र प्रस्तुत गर्दछौँ ।

१. सन् १९४७ नोभेम्बर ९ का दिन नेपाल , इन्डिया र बेलायत बीच भएको त्रिपक्षीय सम्झौता अनुसार तत्कालीन ब्रिटिश इन्डियामा रहेका गोर्खा सेनाका १० बटालियनको भागबन्डा बेलायत र इन्डिया बीच भएको हो । बेलायती साम्राज्यको विस्तार र पहिलो तथा दोस्रो विश्वयुद्धमा बेलायतको प्रतिष्ठा र सान राख्न गोर्खा सेनाले खेलेको भूमिकाको स्मरण दिलाउन चाहन्छौँ ।

२. नेपाल र बेलायत बीचको सम्बन्ध गोर्खा जवानको भर्ती र तिनको सेवासुविधासँग मात्र सीमित छैन । यो सम्बन्ध बेलायतसँग नासोको रूपमा हाम्रो माटोसँग पनि अझ बढ्ता रहेको छ । नेपाल र बेलायत बीच सन् १८१६ मार्च ४ मा सुगौली सन्धि भई तत्कालीन नेपालको ४०% भन्दा बढी जमिन बेलायती साम्राज्यमा गाभिएकोमाबेलायत त्यस क्षेत्रबाट फर्किँदा त्यो जमिन नेपाललाई फर्काउनुपर्छ भन्ने कुरा चटक्कै बिर्सिइयो । गोर्खा जवान बेलायतलाई चाहिएको थियो , त्यसैले तपाईंहरूले चलाखीपूर्वक भारतसँग सहमति गरेर लिनुभयो , हामीलाई हाम्रो जमिन फिर्ता चाहिएको थियो तर तपाईंहरूले नेपालको जमिन भारतको अधीनमा रहनसक्तैन भन्न चाहनुभएन । हामी अाज पनि हाम्रो भूभाग फिर्ता लिन लालायित छौँ , जुन भारतको उपनिवेशमा रहँदै अाएको छ । त्यतिबेला मेचीपूर्व टिस्टा नदीको नगरकट्टासम्म र महाकाली पश्चिम सतलज नदीसम्म बेलायतको उपनिवेशमा रहेको हाम्रो जमिन बेलायतले त्यो क्षेत्र छाडेपछि त्यतिबेलै स्वतन्त्र भयो कि भएन ? के बेलायतले त्यो नेपाली भूभाग भारतका हातमा छोडेर गएको हो ? के उपनिवेश हस्तान्तरण हुन्छ ?

३. सुगौली सन्धिमा गुमाएको जमिन फिर्ता लिने कुरा कुनै जटिल समस्या होइन , खालि बेलायतले यो हाम्रो दायित्व हो भन्ने बुझिदिनुपर्छ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा बेलायत सरकारले भारत सरकारलाई नेपालको जमिनमाथि भारतको कब्जा तत्काल अन्त्य गर्न दबाब दिनु बेलायतको नैतिक दायित्व हो भन्ने ठान्दछ । सैनिक कार्बाही गरेर फकल्यान्ड टापुमाथि बेलायती झन्डा फहराउने देशले सैनिक कार्बाही गरेरै गोअामाथि कब्जा जमाएको भारतलाई नेपालको जमिन सम्मानपूर्वक फिर्ता गर्ने बाध्यकारी वातावरण बनाइदेअोस् भन्ने नेपाली जनताको मागमा समर्थन जनाएर हामीमाथि न्याय प्रदान गरी उपनिवेशको अन्त्यमार्फत स्वतन्त्रताको शङ्खघोष गरोस् भन्ने माग पुनः दोहोर्याउन चाहन्छौँ ।

फणीन्द्र नेपाल
अध्यक्ष
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा

Loading...

Related News

निजि स्कुलको नाम नेपालीमा लेख्न कामनपाकाे निर्देशन, नगरे कार्वाही !

काठमाडौं , २० फागुन – काठमाडौं महानगरपालिका भित्रका सबै सार्वजनिक तथा निजी विद्यालयले अनिवार्य रूपमा नेपाली भाषामा आफ्नो नाम लेख्नुपर्ने…

बेल्जियममा नेपाली च्यारिटी, एक्सपाे र हाेलिडे फेयर गर्ने निर्णय, कार्यदलहरू निर्माण

बेल्जियम, पुस । बेल्जियमका विभित्र शहरहरूमा नेपाली च्यारिटी, एक्सपाे र हाेलिडे फेयर अायाेजना गरिने भएकाे छ । गैरअावासिय नेपाली संघ…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी