नेपाली महिलाले विश्वकप क्रिकेटमा अवसर पाउलान् ? छनोटमा नेपालसहित ७ राष्ट्र प्रतिस्पर्धामा

84 Hits

काठमाडौँ, १२ फागुन-
नेपाली महिलाले क्रिकेटको विश्वकपमा भाग लिने सम्भावना कहिले र कति होला ? यो प्रश्नको जवाफको लागि अब धेरै कुर्नुपर्ने देखिएको छैन । त्यसैको लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटको एशिया छनोट प्रतियागिता अन्तर्गत आज नेपालले हङकङ विरुद्व खेल खेल्दैछ । नेपाली टिमले खेलमा टस हारेर पहिले फिल्डिङको निम्तो पाएको छ ।

बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा दुवै टोली जीत निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रेका छन् । टस जितेपछि हङकङले पहिले ब्याटिङ गर्दैछ । त्यस्तै हङकङविरुद्ध नेपाल जीत निकाल्ने र अङ्क तालिकामा तेस्रो स्थानमा उक्लने उद्देश्यका साथ मैदानमा उत्रेको छ । जारी प्रतियोगितामा यसअघि तीन खेल खेलेको नेपालले दुई खेलमा जीत तथा एक खेलमा पराजय भोगेको छ । चार अङ्क जोडेको नेपाल अङ्क तालिकाको चौथो स्थानमा छ ।

प्रतियोगतामा नेपालले मलेशियालाई ३४ रनले हराएको थियो भने संयुक्त अरब इमिरेटस (युएई) लाई ७ विकेटले पराजित गरेको थियो । त्यस्तै नेपाल थाइल्याण्डसँग भने ५७ रनले पराजित भएको थियो ।

समान तीन खेल खेलको हङ्कङ तीनै खेलमा पराजित हुँदै अङ्कविहीन छ । हङ्कङ अङ्क तालिकाको छ्रैटौँ स्थानमा छ । राउण्ड रोबिनका आधारमा हुने उक्त छनोटको विजेताले आइसिसी महिला टी–२० विश्वकप छनोट–२०१९ प्रतियोगिता खेल्नेछ । एशिया छनोटमा नेपालसहित सात राष्ट्र प्रतिस्पर्धारत छन् । छनोटमा नेपाल, थाइल्याण्ड, युएई, मलेशिया, कुवेत, चीन र हङकङ सहभागी छन् ।

Loading...

Related News

जेठ १० देखि एक्सपर्ट प्रधानमन्त्री कप’ क्रिकेट प्रतियोगिता हुँँदै

काठमाडौं, ५ जेठ यही जेठ १० गते देखि राजधानी काठमाण्डौमा ‘एक्सपर्ट प्रधानमन्त्री कप’ क्रिकेट प्रतियोगिता हुने भएको छ । आयोजक…

नेपाली महिलालाई पहिलोपटक विदेशी क्लबमा खेल्न अफर

काठमाडौं , १६ बैसाख – नेपाली खेलाडीले विदेशी क्लबबाट खेल्ने अवसर कमै पाउँछन् । अझ महिला खेलाडीको अन्तर्राष्ट्रिय एक्सपोजर त…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी