भैरहवा विमानस्थलको काम ७० प्रतिशत सम्पन्न, बैसाखबाट सञ्चालन हुने

53 Hits

काठमाडौं, १२ फागुन ।
भैरहवा विमानस्थलको काम ७० प्रतिशत सम्पन्न भएको बताइएको छ । भैरहवानमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको करिब ७० प्रतिशत निर्माण सकिएको निर्माण पक्षले दावी गरेको हो ।

विमानस्थलको धावनमार्गको तेस्रो चरणको कालोपत्र सकिएको छ । चौथो तहको कालोपत्रे शुरु गर्ने तयारी गरेको छ । बढीमा २० दिनभित्र चौथो चरणको कालोपत्रे सकेर बत्ती व्यवस्थापनलगायत काम गर्ने योजना रहेको आयोजना प्रमुख प्रवेश अधिकारीले बताए ।

अब ट्याक्सी पार्किङस्थल पिच गरिने छ । टर्मिनल भवन निर्माण अन्तिम चरणमा पुगेको छ । यस्तै ‘कन्ट्रोल टावर’को कामसमेत अन्तिम चरणमा पुगेको आयोजना प्रमुख अधिकारीले बताए ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध विमानस्थलको भौतिक प्रगति सन् २०१७ को डिसेम्बरसम्म २६ प्रतिशत मात्रै थियो । ठेकेदार लगायतका समस्या समाधानपछि मात्रै योजना तीव्रस्तरमा अघि बढेको हो ।

सन् २०१५ को जनवरीदेखि शुरु भएको आयोजना सन् २०१७ मा सक्ने लक्ष्य लिइएको थियोे । आयोजनाको निर्माण कार्य लयमा फर्केकाले यही गतिमा काम गर्न सके आगामी असारदेखि हवाइ उडान थाल्ने आयोजनाको लक्ष्य छ ।

Loading...

Related News

भैरहवा विमानस्थललाई ३ अर्ब ३४ कराेड

काठमाडौँ, जेठ ।  सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न गरी आगामी आर्थिक वर्षभित्र सञ्चालनमा ल्याउने भएको छ ।  हाल…

सामग्रीको अभावले गौतम बुद्ध विमानस्थल निर्माण फेरि प्रभावित

भैरहवा, ११ वैशाख । धावन मार्गको कालोपत्रे अन्तिम चरणमा पुगेका बेला नदीजन्य सामग्रीको अभावले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण फेरि…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का