सरकारको १ वर्ष : ‘जग खन्दै गर्दा कोठा र चोटा खोज्यो भने कहाँ पाइन्छ’- प्रधानमन्त्री

80 Hits

काठमाडौं, २ फागुन ।
प्रधानमन्त्री के पी शर्मा ओलीले आफ्नो सत्तारोहणको पहिलो वर्ष पुगेको उपलक्षमा देशबासीको नाममा सम्बोधन गर्दै सरकारले जनपक्षीय काम गरेको बताएका छन् ।

बिहिबार अपरान्ह देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले संघियताको जग बसालेको र सबै पुर्वाधारको निर्माणमा लागेको तर प्रतिपक्षी र विरोधीहरुले घरको जग खन्दै गर्दा कोठा र र चोटा खोज्दै निहुँ खोजेको बताए । उनले भने त्यस्ता कुरामा म धेरै प्रतिक्रिया दिन चाहन्न र आवश्यक पनि छैन हामी हाम्रा तरिकाले सम्बृद्ध नेपाल सुखी नेपालकिो अवधारणामा अघि वढिरहेका छौं ।
प्रधानमन्त्री ओलीले कर्मचारी समायोजन, पानीजहाज अफीस उद्घाटन, जनताको जलविद्युत कार्यक्रम लगायतका विभिन्न जनतासँग प्रत्यक्ष रुपमा जोडिने आयोजनाहरु अगाडि वढाएको बताए ।
उनले संघ प्रदेश र स्थानिय तहमा १ लाख ३७ हजार ३ सय ६१ जना कर्मचारीको दरबन्दी कायम गरेको बताए । उनले कानुनहरुको निर्माण, संविधानको भावना अनुसारका कानुन र नियमहरुको कार्यान्वयन गरिरहेको स्मरण गराउँदै आफू नेतृत्वमा आउँदा खाली जस्तो अवस्थामा भएपनि आफ्नो नेतृत्वको सरकारले थुप्रै काम गरेको बताए ।
एैन कानुन, ऐन नियम र नियमावली तथा विधधेयकहरु पारति गरेको बताए । संविधानमा बाझिएका १६५ ऐन शंसोधन गर्न लागिएको उनले बताए ।
राजनीतिक तवरका समस्याहरु हल भएर देश सम्बृद्धि र स्थिरताको मार्गमा वढेको प्रधानमन्त्रीको भनाई थियो ।
ओलीले उर्जा उत्पादन र प्रसारणका ठूला परियोजना निर्माण, औद्योगिक क्षेत्रहरु निर्माण, स्वदेशी मात्रै नभई वाह्य र अन्त्राष्ट्रिय लगानी कर्तालाई आव्हान गरेको तथा डाबोसमा नेपालको प्रतिनिधित्वलाई पनि ठूलो उपलव्धीको रुपमा चर्चा गरे ।

उनले नीति अध्ययन प्रतिष्ठान निर्माण गरेको तथा चिकित्सा शिक्षा विधेयक पारीत हुनुलाई पनि उपलव्धीको रुपमा दर्शाए ।
उनले जनताको आकांक्षा र सरकारको डेलिभरीबीच तालमेल नमिलेको स्वीकारे । उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल २४ घण्टा सञ्चालन आएको तथा देशका विभिन्न विमानस्थल सञ्चालन गरिएको, पोखरा र गौतम बुद्ध विमानस्थल तोकिएको समयावधि भन्दा अगाडि नै सञ्चालनमा आउने बताए ।

उनले ४९७ किमि नयाँ सडक निर्माण भएको पनि जानकारी दिए । ८७ वटा पक्की पुल बने भने ४ सय वढि झोलुंगे पुल निर्माण भएको बताए । तुई विस्थापित गर्ने अभियान अन्त्मि अवस्थामा पुगेको बताउँदै उनले देश सम्बृद्धिको यात्रामा अगााडि वढिरहेको बताए । यस अवधिमा ४ सय ९९ नयाँ उद्योग दर्ता भएका बताउँदै खै त उद्योग खुलेको भन्नेलाई जवाफ दिए ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी