क्यान्सर दिवस : कसरी लड्ने क्यान्सरसँग ?

81 Hits

काठमाडौं, २१ माघ –

पछिल्लो समय नेपालमा क्यान्सर भयावह रुपमा देखापर्न थालेको छ । सार्क फेडरेसन अफ अंकोलोजिस्ट नेपालका अध्यक्ष वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा। राजेन्द्र प्रसाद बरालले नेपालमा दैनिक रुपमा क्यान्सरका बिरामी बढीरहेको बताउनुभयो ।

पछिल्लो समय नेपालमा पुरुषमा फोक्सो र महिलालाई पाठेघरको क्यान्सर अत्यधिक मात्रामा देखापर्ने गरेको जानकारी दिदै उहाँले सुरुमै क्यान्सर रोग पत्ता लगाउन सके क्यान्सरलाई जित्न सकिने बताउनुभयो ।
पहिले–पहिले ‘क्यान्सर नो एनसर’ भन्ने चलन थियो, डा बरालले भन्नुभयो, “अहिले क्यान्सर रोग लागेका धेरै बिरामीले क्यान्सरलाई जितेर सहज जिवनयापन गरीरहनुभएको छ ।”
भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा। ऋषिकेश नारायण श्रेष्ठले नेपालमा क्यान्सर रोग भयावह स्थितिमा देखा परीरहेको बताउनुभयो । क्यान्सरको रोकथामका लागि नेपालमा राज्य र व्यक्ति दुवैको उत्तिकै भूमिका रहे पनि त्यो भूमीका निर्वाह गर्न नसकेको बताउनुभयो । सरकारले क्यान्सर सम्बन्धी नीति ल्याउनुपर्ने भन्दै उहाँले क्यान्सर लागेकालाई एक लाख रुपियाँ दिएर क्यान्सर न्युनीकरण गर्न नसकिने धारणा व्यक्त गर्नुभयो ।
नेपालमा क्यान्सर सम्बन्धी उपचार हुने सबै अस्पतालमा फोक्सो, मुख , घाँटी, पाठेघर र स्तनको क्यान्सर बढीरहेको जानकारी दिदै क्यान्सर रोग विशेषज्ञ डा। श्रेष्ठले क्यान्सरलाई रोकथाम गर्न राज्यको पहिलो प्राथमिकता हुने बताउनुभयो । 
अहिले नेपालमा प्रमुख क्यान्सरको रुपमा फोक्सो देखिएको छ । नेपालमा फोक्सो, पेट, आमासय, मुख, पाठेघरको मुख, प्रोस्टेट, स्तनको क्यान्सर बढी हुन्छ । त्यसमा पनि महिलामा पाठेघरको क्यान्सर र पुरूषमा फोक्सोको क्यान्सर सबैभन्दा बढी छ । भक्तपुर क्यान्सर अस्पतालले दिएको जानकारी अनुसार गत वर्ष बहिरङ्ग सेवा ओपीडीमा ७७ हजार बिरामी आएका मध्ये तीनहजार चारसय १२ जनामा क्यान्सर देखिएको थियो । 
अस्पतालका निर्देशक डा। श्रेष्ठले २० जनासम्म नयाँ रोगी पत्ता लाग्ने गरेको बताउनुभयो । उहाँले हप्तामा तीनदेखि पाँच जना क्यान्सरका बिरामीको अस्पतालमा मृत्यु हुने गरेको छ । नेपालमा वर्सेनि ४० हजार नयाँ क्यान्सर रोगी थपिने चिकित्सकहरूको अनुमान छ ।

तर ती मध्ये मुस्किलले १० प्रतिशत मात्र उपचारका लागि अस्पतालमा पुग्ने गरेका छन् । क्यान्सर रोग विशेषज्ञ डा।सुदीप श्रेष्ठले क्यान्सरलाई रोक्न जनचेतना बढाउनु पर्नेमा जोड दिनुभयो । उहाँले अहिले पनि चेतनाको अभाव र गरिवीका कारण ९० प्रतिशत क्यान्सर रोगी अस्पतालसम्म आउन नसकेको उहाँको भनाई छ ।
नेपालमा हाल जनसंख्याको आधारमा करीव ६५ हजार क्यान्सर रोगी छन् । विश्व स्वास्थ संगठनका अनुसार विश्वमा नसर्ने रोगको प्रकोप बढीरहेको छ ।
नसर्ने रोगमा क्यान्सर, मुटुरोग, मृगौला रोग, मधूमेह, उच्च रक्तचाप प्रमुख हुन् । यी रोग खानपान, रहनसहन, जीवनशैली र वातावरणका कारणले हुन्छ ।
श्रेष्ठले क्यान्सर रोग विकशित मुलुकबाट अविकशित मुलुकमा देखा पर्दै गएको बताउनुभयो । 
चिकित्सकले धुम्रपान तथा सूर्तिजन्य पदार्थको प्रयोग नै क्यान्सर रोगको प्रमुख कारण रहेको बताउँदै आएका छन् । क्यान्सर रोग विशेषज्ञ डा। सुदीप श्रेष्ठले सूर्तिजन्य पदार्थको सेवनबाट टाढा रहेमा क्यान्सरबाट हुने एकतिहाइ मृत्युलाई रोक्न सकिने बताउनुभयो ।
विश्व स्वास्थ्य संगठनले करिब ४५ प्रतिशत क्यान्सर रोकथाम गर्न सकिने, एक तिहाइ क्यान्सर उपचारबाट निको बनाउन सकिने र बाँकी बिरामीलाई पनि उपचारबाट आरामदायी आयु लम्ब्याउन सकिने जनाएको छ । तर यसका लागि समाजका सबै वर्गलाई परिचालन गरी क्यान्सर नियन्त्रणका प्रभावकारी उपाय अपनाउन आवश्यक छ ।
श्रेष्ठले मानव शरिरमा करोडौं साना साना कोषिका हुने बताउनुभयो । तीमध्ये कतिपय कोष दैनिक मर्ने र नयाँ बन्ने गर्दछन् । यसरी प्रत्येक दिन बन्ने नयाँ कोषिका मानिसको जीनद्वारा नियन्त्रित हुन्छन् । 
तर प्रतिकूल अवस्थामा यिनै कोषिकाको बृद्धि असामान्य हुन पुग्छ । यस्ता कोषिका बिस्तारै साना साना गिर्खा ९ट्यूमर० को रुपमा परिणत हुन्छन् । यस्ता गिर्खा दुई प्रकारका हुन्छन् । शरीरलाई हानी गर्ने र नगर्ने । शरिरलाई हानी पु¥याउने गिर्खा एक स्थानबाट अर्को स्थानमा सर्ने गर्दछन् । यिनै शरीरलाई हानी गर्ने गिर्खालाई नै क्यान्सर भनिन्छ ।
विभिन्न अनुसन्धानले ९० प्रतिशत क्यान्सरको प्रमुख कारण धूम्रपान, सूर्ति, अस्वस्थकर खानपान, रहनसहन र वातावरणीय प्रभाव रहेको देखाएको छ । १० प्रतिशत क्यान्सर भने शरीरको आन्तरिक कारणले हुन्छ । यसका साथै विकिरण, ब्यवसायीक प्रदूषण, भाइरस, परजीवी, सरसफाइमा कमी, बंशाणुगत कारण, शारीरिक दुर्वलतालाई पनि क्यान्सरका कारणका रुपमा लिइएको छ ।
क्यान्सरका लक्षणहरूमा स्वर परिवर्तन हुनु, दुब्लाउदै जानु, शरीरमा गाँठागुठी वा गिर्खा देखिनु, भोक नलाग्नु, कोठी वा मुसाको आकार देखापर्नु, धकाई बढी लाग्नु , लामो समयसम्म घाउ निको नहुनु, लगातार खोकी लाग्नु, महिनावारी हंँदा रगत बढी जानु जस्ता लक्षण क्यान्सर रोगका लक्षण हुन् ।
नेपाल अवुूद रोग निवारण सस्थाका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठले धूम्रपान त्याग्ने, जीवनशैली परिवर्तन, सन्तुलित खानपान र शारिरीक ब्यायाम भएमा क्यान्सरबाट बच्न सकिने बताउनुभयो । 
यसैबीच सोमबार विश्व क्यान्सर दिवस मनाइँदैछ । हरेक वर्ष फेब्रुअरी ४ तमा विश्व क्यान्सर दिवस मनाउने गरिन्छ । म हुँ र म गर्छु भन्ने मुल नाराकासाथ यो वर्षको विश्व क्यान्सर दिवस मनाउन लागिएको हो ।

Loading...

Related News

पेट घटाउन यसाे गर्नुस् !

काठमाडौं, ३ असार । प्रविधि तथा अन्य सुविधाका कारण मानिसहरुमा मोटोपनको समस्याले खुबै सताउन थालेको छ । भर्खरका युवाहरुको पनि…

अझै टुंगिएन स्वास्थ्यका कर्मचारीको समायोजन विवाद, कहिलेसम्म आन्दोलन ?

काठमाडौं, ३ असार निजामती कर्मचारीको प्रशासन सेवालगायत सेवामा कर्मचारी समायोजन भएको दुई महिना भइसक्दा पनि स्वास्थ्य सेवातर्फ कर्मचारी समायोजन अझै…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी