टेलिकमकाे ४ जि मुलुकभर विस्तार गर्न चिनियाँकाे जिम्मा

75 Hits

काठमाडौं, २१ माघ –

नेपाल टेलिकमले करिब २० अर्ब रुपैयाँ लागतमा मुलुकभर फोरजी सेवा विस्तार गर्ने जिम्मा दुई चिनियाँ कम्पनीलाई दिएको छ ।

एक वर्षअघि भएको बोलकबोलमा न्यून रकम प्रस्ताव गरेका जेडटिई र सिसिएसआईसँग आइतबार फोरजीको कोर तथा -यान नेटवर्क (रेडियो एक्सेस नेटवर्क)को ठेक्का सम्झौता गरेको हो । दुवै कम्पनीका प्रतिनिधि र टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले छुट्टाछुट्टै ठेक्का सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार नेपालभर ६५ लाख फोरजी–एलटिई सेवा विस्तारका लागि एउटा कोर नेटवर्क र दुईवटा -यान नेटवर्क तयार गरिनेछ । मुख्य कोर नेटवर्क काठमाडौं र बुटवलमा रहने कम्पनीले जनाएको छ । ¥यान नेटवर्कअन्तर्गत नेटवर्क १ र नेटवर्क २ मार्फत सातै प्रदेशमा सेवा विस्तार गरिने टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् । नयाँ पत्रिकामा खबर छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का