फागुनमा पोखरामा सूचना तथा प्रविधि मेला हुँदै

111 Hits

पोखरा, ११ माघ
नेपालको प्रमूख पर्यटकीय शहर पोखरामा आगामी फागुन १८ देखि २४ गतेसम्म सूचना तथा प्रविधि मेला हुने भएको छ ।

बिहीबार पत्रकार सम्मेलन आयोजना गरी कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासङ्घ कास्कीको आयोजनामा मेला गर्न लागिएको जानकारी दिइएको हो । क्यान कास्कीका अध्यक्ष युवराज पौडेलले कम्प्युटर तथा सूचना प्रविधिसम्बन्धी भएका अत्याधुनिक एवं नवीनतम प्रविधिको जानकारी दिँदै यसलाई ग्रामीण क्षेत्रसम्म पु¥याउने लक्ष्यका साथ मेला आयोजना गरिने बताए ।

भायोनेट क्यान इन्फोटेक–२०१९ का नाममा मेला सञ्चालन हुन लागेको बताउँदै उनले यसकै अवसरमा बृहत सूचना प्रविधि प्रदर्शनी, प्रदेशस्तरीय टाइपिङ प्रतियोगिता, ‘आइटी क्विज कन्टेस्ट’, कम्प्युटर तथा ल्यापटपको निःशुल्क मर्मत सेवा, नवीनतम प्रविधिका मोबाइलको प्रदर्शनी एवं बिक्री पनि हुने जानकारी दिए ।

उहाँका अनुसार मेलामा सूचना प्रविधिसँग सम्बन्धित एक सयभन्दा बढी कक्ष रहनेछन् । महासङ्घ कास्कीका सचिव विकास भुर्तेलले मेलाको मुख्य प्रायोजन भायोनेटले गरेको जानकारी दिँदै यसलाई सम्पन्न गर्न मूल आयोजक समितिसहित २६ उपसमिति गठन गरिएको बताए ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का