माघ १५ सम्म नयाँ वर्षको पात्राे अाईसक्ने, १५ ले मात्र पाए अनुमति

158 Hits

काठमाडौँ, पुस।

विसं २०७६ का पात्रो (पञ्चाङ्ग) माघ १५ गतेभित्र प्रकाशित भई बजारमा आउने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

विभिन्न चाड पर्व, विवाह, व्रतबन्ध जस्ता धार्मिक कर्म गर्ने मुहूर्त पात्रोमा दिइने भएकाले आम मानिसले छिटो बजारमा ल्याउनुपर्ने माग गर्ने गरेका छन् । समितिको बैठकले यस वर्ष जस्तै आगामी वर्षमा पनि १३ वटा पात्रोलाई प्रकाशनका लागि स्वीकृति दिएको अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिएका छन् ।

यस वर्ष पनि सार्वजनिक बिदा पञ्चाङ्गमा समावेश गर्न नसकिएको समितिले जनाएको छ । सार्वजनिक बिदा सरकारले निर्णय गरेअनुसार हुने भनी उल्लेख गरिएको उहाँले जानकारी दिनुभयो । दशैँ, तिहार लगायत साइत पात्रोमै दिन माग भए पनि शास्त्रीय मान्यताअनुसार त्यसो नगरिएको समितिले जनाएको छ ।

समितिले स्वीकृति नदिएका पात्रो उपयोग गरी कुनै फरक पर्न सक्ने भएकाले सचेत हुन सबैमा अनुराेध पनि गरेकाे छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी