लिङ्ग लामाे भएकाे भन्दै प्रेमिकाले १२ लाख मागेपछि..

94 Hits

एजेन्सी, पुस-

एक महिलाले आफ्ना पूर्वप्रेमीविरुद्ध अनौठो उजुरी गरेकी छिन् । पूर्वप्रेमीको लिंग असाधारण किसिमले लामो हुँदा आफ्नो भेजिना (योनी)मा क्षति पुगेको उनको दाबी छ । उनले अाफुलाई पुगेकाे क्षतिकाे लागि १२ लाख माग गरेकी छन् ।
सिलिण्डाइल मान्गेना नामकी २९ वर्षीया महिलाले ३७ वर्षका पूर्वप्रेमी मुगोभ कुरिमाविरुद्ध मुद्दा हालेकी हुन् ।

ती महिलाका अनुसार उनी उक्त क्षतिविरुद्ध शल्यक्रिया गर्न गइरहेकी छिन् । तर उनले यसको खर्च भने पूर्वप्रेमीले नै भर्नुपर्ने दाबी समेत गरेकी छिन् । यसको खर्च ८ हजार पाउन्ड अर्थात् नेपाली करिब १२ लाख रुपैयाँ लाग्नेछ ।

सोही खर्च भराउन ती महिलाले पूर्वप्रेमीलाई अदालतसम्म लैजान लागेकी हुन् । यो घटना जिम्बाबेको हो । जिम्बाबे मेलसँग सिलिण्डाइलले गरेको कुराकानीलाई उद्धृत गर्दै मिरर युकेले जनाएअनुसार उनको योनीमा पूर्वप्रेमीकै कारण क्षति पुग्नुका साथै बदलाव आएको छ । जसले उनलाई निकै असहज बनाएको उनको दाबी छ । यद्यपि पूर्वप्रेमीको लिंगको आकारबारे भने खुलिसकेको छैन ।

त्यस्तै उनका पूर्वप्रेमीले पनि यसबारे केही प्रतिक्रिया दिइसकेका छैनन् । त्यसैगरी मिरर युकेकै अनुसार जोना फाल्कोन नामका युवाले आफ्नो पुरुषत्व १३।५ इन्च लामो भएकोले आफू नै विश्वको ठूलो पुरुषत्ववाला मानिस भएको दाबी गरेका थिए । -मिरर युकेबाट

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी