६० प्रतिशत सामुदायिक क्याम्पस बन्द हुने अवस्थामा

62 Hits

काठमाडौं, ३० पुस –

देशभर सञ्चालित ५३२ सामुदायिक क्याम्पसमध्ये झन्डै ६० प्रतिशत क्याम्पस बन्द हुने अवस्थामा रहेका छन्। तथ्यांकअनुसार झन्डै ३०० क्याम्पस बन्द हुने अवस्थामा रहेका हुन्। ती क्याम्पसमा ५० जनाभन्दा कम विद्यार्थी छन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको विश्वविद्यालयहरुले सम्बन्धमा अपनाउनुपर्ने प्रक्रिया वा मार्गनिर्देशन प्रतिवेदन २०७५’ अध्ययन कार्यदलले बुझाएको प्रतिवेदनमा त्यस्ता क्याम्पसलाई तत्काल बन्द गर्न वा मर्ज गर्न सुझाव दिएको समाचारपत्रमा खबर छ।

विश्वविद्यालयले मनपरी रूपमा क्याम्पस सम्बन्धन दिएको कारण ती क्याम्पसहरुको अवस्था धराशयी बन्दै गएको संयोजक एवं विश्वविद्यालय अनुदान आयोगका सदस्यसचिव प्राडा देवराज अर्यालले बताए। ‘यही अवस्थामा सम्बन्धन दिँदै गएमा अबको केही वर्षभित्र सामुदायिक क्याम्पसको अवस्था धराशयी हुनेछ’, उनले भने।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी